एसिया प्यासिफिक सम्मेलनको विषयमा छलफल

रीता लामा

Blog Post Ad

Blog Post Ad

राष्ट्रिय जनमोर्चा दाङले धर्म निरपेक्षता र एसिया प्यासिफिक समिटमा सरकारको सहभागिता विषयक अन्र्तक्रिया कार्यक्रममा विहिवार घोराहीमा सम्पन्न गरेको छ । जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षता एवं पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष नेपालीले पश्चिमा धर्मको प्रभावमा सरकार परेको भन्दै आक्रोस व्यक्त गरे । उनले सरकारले यस्तै क्रियाकलाप गरे आफुहरु सहेर नवस्ने पनि बताए । यस्तै कार्यक्रममा अखिल नेपाल बुद्धिजिवि संघका महासचिव शशिधर भण्डारीले सरकारले पश्चिमा धार्मिक क्रियाकलाप बढाउदै गए सरकार पतन भएर जाने भन्दै आक्रोस व्यक्त गरे ।


कार्यक्रममा सहभागीहरु अन्य वक्ताहरुले पनि धर्म निरपेक्षताका नाममा संविधान माथि हस्तक्षेप बढ्दै गइरहेको टिप्पणी गरेका थिए । कार्यक्रमको विषय माथि प्रकाश पार्दै नेकपा मसालका प्रवक्ता भरत भण्डारीले धर्म निरपेक्षताका नाममा धर्म परिवर्तनकारीहरु वर्चश्व बढ्दै गइरहेको उनको भनाई थियो । जसको मुख्य भुमिका नै सरकार रहेको उनले आरोप लगाए ।
कार्यक्रममा पे्रस स्वतन्त्र सेनानी शुशिल गौतमले पश्चिम धर्म संस्कृतिको विकास नेपालमा विस्तारै हावी हुदै गइरहेको बताए । जसको मुख्य उपज नै उपभोक्तावादी चिन्तनको विकास रहेको भन्दै उनले विकास उन्मुख राष्ट्र पुँजीवाद तर्फ उन्मुख हुदा पश्चिमा धर्म सस्कृतिको हावी हुदै गइरहेको उनको भनाई थियो ।


कार्यक्रममा नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष केवी मसाल, चन्दराज पन्त, सुसिल गौतम, नेपाली कांग्रेसका उपसभापति कमानसिह भारती लगायतले पनि धर्मको आडमा भैरहेको क्रियाकलापलाई सरकारले समर्थन गर्न नहुने बताए । कार्यक्रमको सहजिकरकण शुक्रराज भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *