भैँसिपालन ब्यबसायमा अव्वल देउखुरीका दुई ‘दाजुभाई’

शिवु खनाल

Blog Post Ad

दाङ,२८ भदौ  | दाङको देउखुरीमा तिलकराम यादव र नन्दराम यादवले यादव भैंसी फर्म दर्ता गरि भैँसिपालन व्यवसायि गर्दै आउनु भएको छ । पाँच वर्ष अगाडि देखि लमहीमा यादव भैँसि फर्म दर्ता गरि दाजुभाईहरुले भँैसिपालन व्यवसाय गर्दै राम्रो आम्दानी गर्दै आउनु भएको हो । देउखुरी स्थित लमहीको मध्यनगरमा दाजुभाइ यादवले मुर्राजातका २९ वटा भैँसीपालन गरि मनग्य आम्दानी गर्दै आउनु भएको छ ।

Blog Post Ad

दाजुभाइ मिलेर आफ्नै पाँच कठ्ठा पाँच धुर जग्गामा २९ वटा मुर्राजातको भैंसी पालन गर्दै आउनु भएको भाइ तिलकराम यादवले बताउनुभयो । कक्षा ४ मा पढ्दापढ्दै दाजुभाइ यादवले भँैसिपालन व्यवसायि सुरुवात गरेको भाइ यादवले बताउनुभयो ।

राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित आफ्नै घरमा भैँसीपालन व्यवसाय गर्दै आउनु भएका दुई दाजुभाइ यादवले अहिले लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर स्थित पाँच कठ्ठा पाँच धुर जग्गामा भैँसीपालन गर्दै आउनु भएको छ । यादवले भन्नुभयो,–। चरिचरण र बजार नजिकै पर्ने भएकोले हुनाले नदिपारी बेलाबाट नदिवारी लमही आएको बताउनुभयो ।

अहिले लमहीमा आएर भैँसिपालन व्यवसायि गर्दै आएको ७ वर्ष पूरा भयो । बेलामा चरिचरण र बजारको हिसाबले लामो दुरी पर्ने र वर्षायाममा बजार आउँदा खहरे खोलाहरूले छेक्ने भएको कारण बेलाबाट लमही आएको दुई दाजुभाईले बताए ।

४० लिटर दुध आफ्नै डेरीमा खपत

भँैसीपालन व्यवसायि दुई दाजुभाईका अनुसार भैँसिले दिएको दुध आफ्नै डेरीमा खपत गर्दै आएको बताए । हाल दशवटा भँैसिले दिनमा ४० लिटर राम्रो दूध दिईरहेको छ ।, उक्त दुध लमही गोरक्षटोल स्थित आफ्नै यादव डेरीमा खपत गर्दै आएको उनिहरुले बताए । भाई यादव भन्छन् मैले दुध दुन्छु, दाई नन्दराम यादवले डेरीबाट विक्री गर्नुहुन्छ ।, प्रत्येक दिन साझ र बेलुकी गरि दिनमा भैँसिले ४० लिटर दूध दिने गरेको उनिहरुले बताउँछन् ।

सबै दुध आफ्नै डेरिमा खपत हुने गरेको हुनाले आम्दानीको स्रोत पनि बढ्दै गएको छ । महिनामा ३० देखि चालिस हजार आम्दानी गर्दै आएको उनिहरुको भनाई छ । अहिले लमहीमा डेरि सञ्चालन गरेको करिब एक महिना भयो । डेरि सञ्चालन हुनु भन्दा अगाडि आधा दूध घर–घरमा ठेक्कामा र अन्य दूध लमही बजारको डेरिहरूमा विक्री गर्दै आएको भाई तिलकराम यादवले बताउनुभयो ।

घाँस खेतिको लागि जग्गा भाडामा

दाजुभाई मिलेर घाँस खेतिको लागी जग्गा भाडामा ल्याउनु भएको छ । नजिकै घाँस खेती गर्नको लागि दशकठ्ठा जग्गा भाडामा लिएर घाँस खेती गर्दै आएका छन् । वर्षको दश हजार भाडा दिने सम्भौता गरि घाँस खेती गर्न दशकठ्ठा जग्गा भाडामा लिएर घाँस खेति गर्दै आएको नन्दराम यादवले बताउनुभयो ।

गोठ संरक्षणमा समस्या

भैँसिपालन कृषकहरुका अनुसार गोठ संरक्षण गर्ने लगानि नहुँदा समस्या उत्पन्न थालेको बताउछन् । सिटाले बारेको गोठ । त्यहीमाथि वर्षायामममा किराकाटीको डर हुन्छ ।, गतिलो बाटाघाटा, विजुलि नहुदा निकै समस्या भोग्नु परेको भैँसिपालन कृषकहरुले बताए । भैँसि धेरै छन् तर, गोठ संरक्षण गर्ने स्रोत छैन । सरकासरबाट अनुदानको अपेक्षामा छौ, भैँसिपालन व्यवसायि तिलकराम यावले भने ।

यस्तै राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी हाल लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर बस्दै आउनु भएको रामरति यादवले पनि भैँसिपालन व्यवसायिबाट राम्रो आम्दानी गरेको बताउनुभयो । यादवले पनि मध्यनगर स्थित आफ्नै ३ कठ्ठा जग्गामा साना ठूला गरि २३ वटा भैँसी पाल्दै आउनु भएको छ । हाल छ वटा भैँसिले साँझ बेलुकी गरि दिनमा ३५ लिटर दूध दिने गरेको छ, यादवले भनिन्, ३५ लिटर दुध लमहीको विभिन्न डेरिहरूमा विक्री गर्दै राम्रो आम्दानी गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *