डेंगु रोग नियन्त्रण गर्न विद्यालय सचेतना अभियान

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २६ भदौ | घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले डेंगु रोग नियन्त्रणका लागि विद्यालय सचेतना अभियान सुरु गरेको छ । वडा कार्यालयले यसैक्रममा आज बालविकास मावीका शिक्षक तथा विद्यार्थीहरुलाई डेंगु रोग नियन्त्रणका बिषयमा जानकारी दिएको छ । लामखुट्टेको टोकाईबाट डेंगु सर्ने भएकाले सरसफाईमा बिषेश ध्यान दिन वडा कार्यालयले आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा अध्यक्ष शक्तिराम डाँगीले लामुट्टेको टोकाईबाट बच्ने र घर आगनमा पानी जम्ने खाडलहरु पुर्ने, भाँडाहरुमा पानी जम्ने गरी नराख्ने र शरिर ढाकिने गरी कपडा लगाउन आग्रह गर्नुभयो । विद्यार्थीहरु मार्फत डेंगु रोगबाट बच्ने उपायहरु परिवार र समाजमा फैलाउन विद्यालय अभियान थालिएको समेत उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नयाँ बजार शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज रामहरी शर्माले डेंगुको संक्रमणले उच्च ज्वरो आउनु, टाउको र आँखाका नानी बेस्सरी दुख्नु तथा शरिरमा विविरा आउने जस्ता लक्षण देखिने बताउनुभयो । सो विद्यालयका करिब १३ सय विद्यार्थी र ४० बढी शिक्षकहरुलाई डेंगु रोग नियन्त्रणका बिषयमा जानकारी दिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *