नेपाल शिक्षक संघ दाङको वृहत अन्र्तक्रिया कार्यक्रम

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ २१ |नेपाल शिक्षक संघ दाङले शनिवार तुलसीपुरमा वृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धि एवं सांगठनिक सुदृढिकरणका लागि भएको अन्र्तक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका,शान्तिनगर गाउपालिका,बबई गाउपालिका र दंगीशरण गाउपालिका का करिव एक सय पचास जना शिक्षक संघ संग आवद्ध प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल शिक्षक संघ संघिय उपाध्यक्ष अमर बहादुर खड्काको प्रमुख आतिथ्यता तथा नेपाल शिक्षक संघ प्रदेश पाँचका अध्यक्ष अर्जुन कुमार डागीको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा अधिकाशं प्रअहरुले स्थानिय सरकारबाट पिडित भएको गुनासो व्यक्त गरेका थिए । नेपाल शिक्षक संघ दाङका जिल्ला अध्यक्ष युवराज वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले सम्पूर्ण प्रधनाध्यापकहरुलाई विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न निर्देशन दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले विद्यार्थीहरुको पठनपाठनमा कनै पनि कुराको कमीकमजोरी हुन नहुने भन्दै जसरी भएपनि विद्यार्थीहरुको पढ्न लेख्न पाउने हकलाई सुनिश्चित गर्न हरेक प्र.अ.हरुको जिम्मेवारी भएको बताउनुभयो । साथै शिक्षक संघलाई अझ व्यवस्थित रुपमा अगाडि बढाउनका लागि सवैको उत्साहपूर्ण साथ र सहयोगको पनि अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ठ अतिथी योगीले विद्यालयको वर्तमान अवस्थालाई अझ सुधार गर्दै विद्यालयको पढाईको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

उहाँले विद्यालयलाई प्रविधि मैत्री वनाई विद्यार्थीहरुलाई जागरुक वनाउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा वोल्दै नेपाल शिक्षक संघ दाङका सल्लाहकार रमेश पाण्डेले जिल्लामा शिक्षक संघले अत्यन्तै उतकृष्ट भूमिका निर्वाह गरेको बताउनुभयो । यसैगरी आगामी दिनहरुमा पनि सबैलाई समेटेर अघि बढे निश्चित रुपमा आफ्नो गन्तव्यमा पुग्न सकिने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अन्र्तक्रिया कार्यक्रममा वोल्दै प्रदेश नं पाँचका ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष प्रमोद कुमार न्यौपानेले नेपाल शिक्षक संघ सम्पूर्ण लोकतान्त्रिक शिक्षकहरुको साझा थलो भएकाले यसले सवैको मनोभावनालाई कदर गर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा वोल्दै नेपाल शिक्षक संघ तुलसीपुर नगरका अध्यक्ष लेवेन्द्र केसीले विद्यालयको पठनपाठन सुधार्न प्र.अ. मात्रै नभएर शिक्षकको पनि अहम भूमिका हुने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले शिक्षकहरुले पनि समय व्यवस्थापन गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा भुमिका निर्वाह गर्न अनुरोध गर्नुभयो । नेपाल शिक्षक संघलाई अझ व्यवस्थित र सुदृढ बनाउन सबैको अहम भूमिका आवश्यक रहेको बताउदै आ–आफ्नो स्थानबाट सबैले संगठन सुदृढिकरणका लागि अथक भूमिका निर्वाहगर्न अनुरोध गर्नुभयो ।

नेपाल शिक्षक संघकि निर्वतमान महिला सहसचिव सुशिला सुवेदिले शिक्षक संघले समग्र शिक्षाको गुणस्तर वृघि गर्न र आम शिक्षकहरुको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गनुपर्ने बताउनुभयो । अन्र्तक्रिया कार्यक्रममा वोल्दै विभिन्न विद्यालयका प्र.अ.हरुले विद्यालयको पठनपाठनलाई अझ व्यवस्थित कसरी गर्ने,विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्र.अहरुको कस्तो भूमिका हुनुपर्ने लगायतका कुरामा आफ्ना भनाई राखेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै काज सरुवामा विद्यालयले भोग्नु परेको समस्या,रिक्त दरवन्दिमा शिक्षक नियुक्ति हुन नसक्दा विद्यालयलाई पर्न गएको असर,विद्यालय व्यवस्थापन समितिको म्याद सकिए पनि स्थानिय तहले आवश्यक पहल नगरेको,स्थानिय तहले प्र.अ.हरुलाई गर्ने व्यवहार नै उचित नभएको लगायतका समस्याहरु राखेका थिए ।

साथै स्थानिय तहले विद्यालय समायोजनका लागि पनि स्पष्ट मार्गनिर्देश बनाउन नसकेको उनीहरुले गुनासो राखेका थिए । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती अर्थ सचिव पूर्ण बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष योगराज खत्रीले गर्नुभएको थियो भने संचालन सचिव प्रकाश डागीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *