चेम्वर अफ कमर्सको सपथ ग्रहण


दाङ, भदौ २१ । घोराही चेम्बर अफ कमर्सको प्रथम पद हस्तान्तरण कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ । घोराही चेम्बर अफ कमर्सकी अध्यक्ष मन्जु बज्राचार्यको अध्यक्षता एवम कमर्सका केन्द्रिय कार्यवाहक अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यता एवम कमर्सका कर्णाली प्रदेश प्रमुख प्रकाश वलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न संघसस्थाका पदाधिकारीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कमर्सका कार्यक्रम संयोजक शरद खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लायन्स सिटी अफ घोराहीका अध्यक्ष भरतराज देवकोटा, दाङ महिला जेसिजकी अध्यक्ष रेखा शर्मा, त्रिभुवन नगर जेसिजका अध्यक्ष बसन्तराज अधिकारी महिला अधिकारकर्मी शुस्मा गिरी, नेपाल पत्रकार महासघका अध्यक्ष सविन प्रियाशन, वडा नम्वर १५का वडा अध्यक्ष रमेश पाण्डे, नेपाली काग्रेसका कमानसिंह गाडी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सहजिकरण चेम्वर अफ कमर्सका महासचिव विमल श्रेष्ठले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *