पानीको दीर्घकालिन समाधानमा जोड

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, २१ भदौ | पानीको दीर्घकालिन समस्या सामाधानका लागि गम्भिर बन्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवौँ साधारण सभामा बोल्ने सहभागीले दिर्घकालिन रुपमा पानीको संकट पर्न सक्ने भन्दै यसको निराकरणका लागि गम्भिर बन्नुपर्ने बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पानीको मूख्य स्रोत मानिएको चुनढुंगा उत्खनन् बढ्दैै गइरहेको प्रति सहभागिले चिन्ता व्यक्त समेत गरेका छन् । उनिहरुले संविधानत ः खानेपानीलाई मौलिक अधिकार भएपनि अझै पनि नागरिक स्वच्छ खानेपानीबाट बन्चित हुनुपर्ने अवस्था रहेको भन्दै अब पनि नागरिक खानेपानीबाट बन्चित हुनुपर्ने अवस्था आउन नहुने बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जथाभावि रुपमा निर्माण भइरहेका सडक निर्माण, चुनढुंगा उत्खनन्, मसिदै गएको बनजंगल , नदिजन्य पदार्थको जथाभावि उत्खनन् लगायतका कारण पानीको दिर्घकालिन संकट पर्ने अवस्था रहेको भन्दै खानेपानीको सहज व्यवस्थापनमा ध्यान दिन उपभोक्ताले सरोकारवालालाई आग्रह समेत गरेका छन् ।

संस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षता तथा प्रदेशसभा सदस्य अम्मरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि डाँगीले खानेपानीको समस्या समाधानमा सरकार गम्भिर रहेको भन्दै सरकार र जनताको लगानीमा खानेपानीका योजनाहरु निर्माण गरिनेक्रम शुरु भइसकेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले खानेपानी समाधानमा सरकार र जनतासंगसंगैले योजना निर्माण हुने बताउनुभयो । बढ्दै गएको जनसंख्या र सुक्दै गएको मुहानलाई मध्यनजर गरि सरकार पानीको दिर्घकालिन समस्या समाधानमा ध्यान दिएको बताउनुभयो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनीधि पोखरेलले खानेपानीका योजना स्थानीय तहमा हस्तान्तरण भएपनि अधिकांश उपभोक्ता खानेपानी डिभिजन कार्यालयमै योजना माग्न जाने गरेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले अब प्रदेश सरकारले खानेपानी डिभिजन कार्यालयमार्फत खानेपानीका योजना निर्माणको काम अघि बढाएको समेत बताउनुभयो । साधारण सभामा संस्थाका कोषाध्यक्ष बसन्त थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा एक करोड ९ लाख ३५ हजार २ सय ४ बैंक मौज्दात रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, वडा नम्बर १७ का अध्यक्ष थलराज पुरी, १८ का अध्यक्ष माधव वली, उपभोक्ता शरण जि.एम, संस्थापक अध्यक्ष भैरव मज्गैँया लगायतले मुहानदेखि उपभोक्ताको मुखसम्म स्वच्छ पानी पुग्नुपर्नेमा जोड दिनुभयो । साधारण सभा तथा अधिवेशनबाट संस्थाले नयाँ नेतृत्व पाउने छ । कार्यक्रममको सहजीकरण संस्थाका सदस्य पुस्कर रावतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *