आर्थिक मन्दीले श्रमिकलाई असर गर्ने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २० भदौ | भारतमा देखिन थालेको आर्थिक मन्दीका कारण भारतमा रहेका नेपाली श्रमिकलाई असर पर्ने भएको छ । भारतमा आर्थिक मन्दी बढेसँगै भारतमा काम गरिरहेका श्रमिकहरुको तलब कम हुने, रोजगारी गुम्ने समस्या हुनसक्ने श्रम तथा वैदेशिक रोजगारसम्बन्धका जानकार डाक्टर गणेश गुरुङले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर मुलुकको अर्थतन्त्रको जिम्मा रहेको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक भने अहिले नै आत्ति हाल्नु पर्ने अवस्था नरहेको भन्दै ढुक्क देखिएका छन् । पूर्ण रुपले भारतमा आर्थिक मन्दी नआएका कारण डराउनुपर्ने अवस्था नरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताउनुभयो । नेपालका कति नागरिक कामको शिलशिलामा अहिले भारतमा छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विश्व बैंकको तथ्याङक अनुसार १५ लाख भन्दा बढी नागरिक कामकै लागि भारतमा पुगेका छन् । भारतको आर्थिक मन्दीले अहिले डलरको मूल्य पनि कम भएको छ । भारतको अर्थतन्त्रमा गिरावट आएपछि नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । राजनीतिमा दक्षिणी छिमेकीको प्रभावलाई अर्थतन्त्रमा झन् कसिलो बनाएकाले राज्यतहसँगै नागरिक तहमा पनि सचेत रहनुपर्ने विज्ञहरुको सुझाव छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *