हापुरे शान्ति तथा समृद्धि सम्मेलनको तयारी पूरा

Blog Post Ad Blog Post Ad Blog Post Ad

शरद रेग्मी

हापुरे, ८ भदौ । भोलि १९ गते विहिवार पश्चिम दाङको हापुरेमा आयोजना गरिएको शान्ति तथा समृद्धि सम्मेलनको तयारी पूरा भएको आयोजकहरुले जनाएका छन् । कार्यक्रम शान्तिवार्ता स्थल ववइ गाउपालिका र रिपोटर्श क्लवको आयोजनामा हुंदै छ ।कार्यक्रम तीन चरणमा सम्पन्न हुने आयोजक रिपोटर्श क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीले बताउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


पुर्वनिर्धारित कार्यक्रम अनुसार पहिलो चरणमा अधुरो शान्तिवार्ताको पुनरावलोकन र समिक्षा तथा भावि कार्यक्रमका विषयमा रणनिति तयार गर्ने कार्यक्रम रहेको छ । दोस्रो चरणमा पश्चिम दाङको विकाश र समृद्धिका सन्दर्भमा सरोकारवालाहरु पक्षसंगको वहश हुने बताइएको छ ।तेस्रो चरणमा राजनितिक दलहरुबीच भैरहेको असन्तुष्टि र उनीहरुबीचको दुरी समन्वयकारी भुमिका निर्वाह गरी सहकार्य र एकता कायम गरी देशको स्थाइ शान्ति र समृद्धिका विषयमा वहश हुने आयोजक ववइ गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभएको छ ।

मुलुकमा शान्ति प्रक्रियाले अन्तिम रुप नलिइसकेको अवस्थामा द्धन्द्धरत पक्षलाइ फेरी राजनितिको मुल प्रवाहमा ल्याउने उदेश्यले शान्ति प्रक्रियाका अभियन्ताहरुको समुपस्थीतिमा कार्यक्रम हुन थालेको हो । शान्तिवार्ता सफल पार्न महत्वपुर्ण भुमिका निर्वाह गरेका नागरीक अगुवा तथा पुर्वसभामुख दमननाथ ढुंगाना, राजनितिक विश्लेशक एवं नागरीक अगुवा श्याम श्रेष्ठ, पुर्व शान्तिमन्त्री तथा नेकपा स्थाइ कमिटि सदस्य जनार्दन शर्माको सहभागिता रहने बताइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी कार्यक्रममा प्रेस काउन्सिलका पुर्व अध्यक्ष एवं नागरीक अभियान्ता नारायण प्रशाद शर्मा, नेपाली कांग्रेस, नेकपा, लगायतका राजनितिक दलका नेताहरु, पत्रकार महासंघका वरीष्ठ केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, रिपोटर्श क्लव नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमला, स्थानिय जनप्रतिनिधिहरु, स्थानिय सरकारका प्रमुखहरु तथा यस क्षेत्रका संघिय एवं प्रदेश सभा सदस्यहरु, प्रदेश नंवर ५ का सुरक्षा प्रमु्ख लगायतको सहभागिता रहने छ ।

कार्यक्रम ववइ गाउपालिकाको प्रमुख आतिथ्यता तथा रिपोटर्श क्लव नेपाल पांच नंवर प्रदेशको संयोजनमा हुन थालेको प्रदेश संयोजक एवं दाङ जिल्ला अध्यक्ष शरद रेग्मीले जानकारी दिनुभयो । ववइ गाउपालिको हापुरे स्थीत नवनिर्मित शभाहलमा सो कार्यक्रम हुंदै छ । हापुरेमा आयोजना हुने शान्ति र समृद्धि सम्मेलन कुनै राजनितिक दलको कार्यक्रम नभएर सवै दल र सवै पक्षका अभियन्ताहरुको लक्षित कार्यक्रम हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सहभागिताका लागी ववइ गाउपालिका र रिपाटर्श क्लव नेपालले विज्ञप्ती जारी गरी आम जिल्ला बासीको सहभागिताका लागी आह्वान गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *