अप्ठेरोमा बौद्धिक अपांग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ  १७  | घोराहीको दामोदर चोकमा रहेको बालमन्दीर प्राविमा अहिले २४ जना बौद्धिक अपांगता भएका बालबालिकाहरु अध्ययन गर्छन् । १२ जना छात्रा र १२ जना छात्र गरेर २४ जना बौद्धिक अपांगता भएका बालबालिका मध्य १५ जना विद्यालयमा आवासिय रुपमा अध्ययन गर्ने गरेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । जसमध्य ९ छात्रा र ६ छात्र छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई अध्ययन गराउने विधि भने सामान्य छ । उनीहरुलाई अध्ययन गराउन विशिष्ठ शैली र तालिम प्राप्त शिक्षक हुनुपर्ने भएपनि सामान्य रुपमा अध्यापन गराउँदै आएको विद्यालयले बताउछ । उनीहरुको बुझाइको स्तर अनुसार उपयुक्त कक्षा र तालिम प्राप्त शिक्षकको व्यवस्था गर्न विद्यालयले सकेको छैन ।

विद्यालयमा ७ वर्षदेखि पढ्दै आएका बालबालिकाहरु पनि छन् भने केहि महिनादेखि पढ्दै आएका बालबालिकाहरु पनि त्यहि कक्षामा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्ता बालबालिकाहरुका लागि होस्टेल पनि उपयुक्त छैन । अपांगमैत्री भवन नहुँदा उनिहरु सधै जोखिम मोलेर हिड्ने गर्छन् । पुरानो भवनको माथिल्लो तलामा होस्टेलको व्यवस्था हँुदा उनीहरुलाई उक्लि।न र झर्न समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले सम्बन्धित निकायहरुबाट उनीहरुका लागि सहज शिक्षा प्राप्त गर्ने वातावरण नबनाइदा असामान्य अवस्थामा रहेका उनीहरुले सामान्य विद्यार्थीहरुले जस्तै पढ्न बाध्य भएका हुन । उनीहरुको अध्ययनका लागि छुट्टै शिक्षण सिकाई प्रक्रिया लागु गर्न सकिएको छैन |

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *