महिलाहरुले ऋषि पञ्चमी मनाउँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ भदौ | आज हिन्दू महिलाहरुले ऋषि पञ्चमी मनाउँदै छन् । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महिलाले आज बिहानै उठेर स्नान गरी हिजाको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन । दतिवन स्वास्थ्यका लागी फाइदाजनक रहेको चिकित्सकहरुले बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हरितालिका तीजको व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन छ । तर ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा।डा रामचन्द्र गौतमले बताउनुभयो ।

रजस्वलाका समयमा कुनै गल्ती भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *