दाङ, १९ असोज । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गए पनि अहिलेसम्म १८ जनाको पुष्टि भएको छ।
इलाम सूर्योदय नगरपालिकामा वडा नम्बर- १ मानेभञ्ज्याङमा पाँच जनाको मृत्यु भएको छ । माइसेबुङ गाउँपालिकामा पाटीगाउँका तीन, देउमाई नगरपालिका–५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक र इलाम नगरपालिका–५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै माङ्सेबुङ गाउँपालिका- १ मा एक जना गर्भवती सहित दुई जना गम्भीर घाईते भएपछि उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएकोकोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले बताउनुभयाे।