निर्देशक र डिन सहित २५ जना डाक्टरको राजिनामा

नवीन अभिलाषी
दाङ, भदौ ५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा कार्यरत निर्देशक सागर क्षेत्री र डिन बसन्त लामिछाने सहित २५ जना डाक्टरहरुले सामुहिक राजिनामा दिएका छन् । प्रतिष्ठानको उपकुलपति संगीता भण्डारी र रजिष्टार रामप्रसाद प्याकुरेलको ज्यादती बढि भएपछि आन्दोलनमा उत्रिएका डाक्टरहरुले विहिबार बेलुका सामुहिक राजिनामा दिएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एक एक गरेर डाक्टरहरुलाई निकाल्ने, विभिन्न धम्कीहरु दिने गरेपछि आजित बनेका डाक्टरहरुले राजिनामा दिएका हुन् । आफुहरु माथि बारम्बार विभिन्न अनुचित बहानामा स्पष्टीकरण, बर्खास्ती, धम्की लगाएतका बनोबल खस्काउने खालका दवावहरु दिएको भन्दै आफूहरु शारिरीक तथा मानसिक रुपमा विक्षिप्त समेत बनेको डाक्टरहरुले बताएका छन् । केहि चिकित्सकहरुलाई अनाबस्यक लान्छना लगाएर बर्खास्त गर्न खोजेको भन्दै त्यसको विरुद्धमा एक भएर लाग्ने उनीहरु बताए ।

आफूहरुले पटक पटक काम गर्ने बाताबरण बनाउन माग गर्दा पनि चरम मानसिक यातना दिएको उनीहरुले राजनीनामा पत्रमा उल्लेख गरेका छन् । चिकित्सकहरुले कुलपति तथा प्रधानामन्त्रीको कार्यालय, सहकुलपति तथा स्वास्थ्य मन्त्रीको कार्यालय, नेपाल मेडिकल एशोसियसन, नेपाल मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालयमा बोधार्थ समेत पठाएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजिनामा दिनेहरुमा डा. जीत नारायण यादव, डा. दिनेश उप्रेती, डा. ओम अर्याल, डा. अनिल प्रसाद यादव, डा. सागर पन्थी, डा. रामेश्वर देवकोटा, डा. विक्रम बुढाथोकी, डा. सुरेन्द्र कुँवर, डा. कृष्णहरी सुबेदी, डा. बसन्त लामिछाने, डा. ईश्वरी भुषाल, डा. राजन शाक्य, डा. अमित लाम्गाडे, डा. जेम्स महर्जन, डा. वर्षा मानन्धर, डा. अभ्यास पोख्रेल, डा. कृष्ण रिजाल, डा. गौरव आचार्य, डा. अनिल खाम, डा. धना केसी, डा. प्रितम डिसी, डा. राजेन्द्र फुलारा, डा. आयुष पौडेल उपाध्याय, डा. सुवर्ण बुढा र डा. मनोज यादव रहनु भएको छ ।

प्रतिष्ठान आफैले नियुक्त गरेका डाक्टरलाई उपकुलपति भण्डारी र रजिष्टार प्याकुरेलले एक एक गरी डाक्टरलाई निकाल्न खोजेपछि डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए । प्रतिष्ठानका मेडिकल अफिसर डा. मनोज यादव सहित विभिन्न चिकिच्सकहरुलाई प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले विभिन्न लाञ्छना लगाएर विहिबार मौखिक रुपमै निकाल्न खोजेपछि डाक्टरहरु आन्दोलित भएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जस्का कारण डाक्टरहरुले विहिबार विहान अस्पताल अगाडी धर्ना दिए भने डाक्टरहरुले ओपिडीमा विरामी जाँच नगरेपछि १ बजेसम्म अस्पतालमा सेवा लिन आएका विरामीहरुले सेवा प्राप्त गर्न सकेनन् । दाङका सहित सल्यानबाट समेत आएका विरामीहरुले उपचार नपाएपछि हैरानी भोग्नु परेको सल्यानबाट आएका दिपेशकुमार डिसीले बताउनुभयो । घोराही उपमहानगरपालिका ३ का फर्सबहादुर नेपालीले उपचार प्राप्त नगरेर फर्किनु प¥यो । कानको उपचारका लागि आएको बताउँदै उहाँले प्रतिष्ठानमा देखिएको ब्यथितीले आफुलाई अचम्म तुल्याएको बताउनुभयो ।

बार्ताका लागि उपकुलपति भण्डारीले बोलाए पनि बार्ता निस्कर्षमा पुग्न सकेन । एमविविएस डाक्टरहरु सबै निस्किए पनि आफुलाई कुनै फरक नपर्ने उपकुलपति भण्डारीले बताएपछि बार्ता मिल्न नसकेको स्रोतले बताएको छ । बार्तापछि बाहिरीएका डाक्टरहरुले १ बजेदेखि मात्रै विरामी जाँच गरेका छन् । तर विहिबार बेलुकी बसेको बार्तामा उपकुलपतिले झन विभिन्न आरोप लगाएपछि चिकित्सकहरुले सामुहिक राजिनामा गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपकुलपति भण्डारी र रजिष्टारले प्रतिष्ठानमा दादागिरी मच्याएपछि कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीहरु मारमा पर्दै आएका छन् । उपकुलपतिले डाक्टरहरुलाई आजै निकाल्ने, भोली नै निकाल्ने भन्दै बारम्बार धम्की दिने गरेको, मानसिक यातना दिने गरेको डाक्टरहरुले बताए । उपकुलपति भण्डारीले कामबाट निकाल्ने, अनुभव पत्र नदिने, नेपालमै जागिर खान नमिल्ने गरी निकाल्ने जस्ता धम्की दिएर मानसिक तनाव दिने गरेको पाईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *