घोराही उपमहानगरपालिकाले थारू भाषाको नगर बुलेटिन प्रकाशन गर्ने

दाङ, ४ वैशाख । दाङको घोराही उपमहानगरपालिकाले थारू भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारू भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारू भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिनुभएको छ ।