दाङ, ४ वैशाख । दाङको घोराहीमा आज बिहान एक घरमा चट्याङ पर्दा क्षति भएको छ । बिहान करीव ११ बजेतिर घोराही ७ पर्सामा मदन रिजालको घरमा चट्याङ पर्दा करीव ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार बिहान हावाहुरीसहितको पानी पर्दा परेको चट्याङले मानवीय क्षति नभएपनि घरको भित्ता, रेलिङ, छत आदि स्थानमा क्षति भएको प्रहरीले जनाएको छ ।