तुलसीपुर चोकको खाडल पुरियो


घोराही, ३ भदौ | सडक कार्यालय र निर्माण व्यवसायीले सडक मर्मतको कार्यमा ध्यान नदिदा जोखिम बढेपछि घोराहीको तुलसीपुर चोकमा समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत खाडलहरु पुरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा तुलसीपुर चोक आसपासमा रहेका खाल्डाखुल्डीलाई पुरेर जोखिम रहित बनाइएको हो । जारी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सडक सुरक्षामा आज सडकका खाल्डाखुल्डी पुरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाको डोजर, टिप्पर सहित गिट्टी र केही गिट्टीहरु ट्राफिक प्रहरी निर्माण व्यवसायीहरु सँग सहयोग मागेर खाल्डाखुल्डी पुरिएको हो । सडक कालो पत्रे गर्ने क्रममा सडक नै व्यक्तिको नाममा हुदा अलपत्र परेको सडकमा खाडल परेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगर क्षेत्र भित्र पर्ने भए पनि सडक मर्मतको जिम्मा सडक कार्यालयलाई रहेको छ । तर सडक र निर्माण व्यवसायीले ध्यान नदिदा स्थानिय सरकारले जोखिम रहित बनाउन अघि सरेको हो ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले तत्काललाई जोखिम रहित बनाउने र आगामी दिनमा सम्बन्धित निकायलाई काम गर्न लगाउने गरि मर्मत गरिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *