शान्ति सुधा माविमा अनलाईन भुक्तानी

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, ३  भदौ । घोराही–१५ स्थित शान्ति सुधा माध्यमीक विद्यालयमा ई–सेवा मार्फत अनलाईन भुक्तानी शुरु गरिएको छ । सूचनाप्रविधिको विकासक्रमसँगै आएको अनलाइन भुक्तानी विद्यालयमा पनि सोमवार देखि शुरुचारु गरिएको हो । अनलाई भुक्तानी शुरुभएसँगै अब अभिभावकहरुले आफ्ना बालबालिकाको शैक्षिक शुल्क ई–सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयमा अध्यनरत शिसु कक्षा देखि प्लस टु सम्म अध्यनरत छात्रछात्राका शुल्क अभिभावकहरुले अनलाईन मार्फत भुक्तानी गर्न सक्ने ई सेवा सेन्टर घोराहीका प्रमुख राजन न्यौपानेले बताउनुभयो । यो प्रणाली लागुभएसँगै अभिभावकहरुलाई विद्यालयमा आएर आफ्ना बालबच्चको शुल्क तिनुपर्ने बाध्यताको अन्त्य भएको छ भने समयको पनि बचत हुनेछ ।

घोराहीमा अनलाईन भुक्तानी शुरु गर्ने शान्ति सुधा पहिलो विद्यालय हो । यसअघि  तुलसीपुर स्थित हिमाल एकेडेमी अनलाइन भुक्तानी शुरु गरिएको न्यौपानले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *