मुख्यमन्त्री कप फुटबल प्रतियोगिता हुने

दाङ, भदौ २ । प्रदेश नं. पाँच मुख्यमन्त्री कप फुटबल लिग प्रतियोगिता दाङको बेलझुण्डीमा हुने भएको छ । यहि भदौ ५ गते देखि १२ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक प्रतियोगिता सञ्चालक समितिले बताएको छ । घोराहीमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रदेशका ६ वटा जिल्लाले प्रतिस्पर्धा गर्ने छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एन्फामा आवद्ध प्रदेशका दाङ, नवलपरासी, बर्दिया, रुपन्देही र बाँके जिल्ला प्रतिस्पर्धामा सहभागी भएको छ भने एन्फामा आबद्ध नभएका रोल्पा, रुकुम, कपिलबस्तु र गुल्मीलाई नकआउट खेलबाट उत्कृष्ठ एउटा समुह गरी ६ वटा समूह दाङमा भिड्ने छन् । पछिल्लो पटक बेलझ्ण्डीमा निर्माण भएको रँगशालामा हुने खेलको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिका संयोजक पुकार थापाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खेलाडीहरुलाई खाने, बस्ने र आउने जाने भाडाको समेत व्यवस्था गरिएको छ । साथै उत्कृट हुने समूहलाई २ लाख रुपैया र उप विजेतालाई १ लाख रुपैँया पुरस्कार र कपको व्यवस्था भएको आयोजकले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खेलको उद्घाटन गर्न प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बराल आउनु हुने भएको छ । यो खेलपछि अन्र्तप्रदेश लिग प्रतियोगिता हुने र सम्भव भए दाङमै कार्यक्रम हुने गरी काम गर्न आफुहरु लागिपरेको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *