दाङ, ५ कार्तिक । पछिल्लो समय ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेका गाउँहरु आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
जंगालगाउँ
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित भेरी नदीको काखमा अवस्थित जंगालगाउँ । तस्वीर : दीपक बोहरा । रासस
साल्दाङ गाँउ
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र रहेको साल्दाङ गाँउ । यहाँको मुख्यबालीको रुपमा रहेको उवा साल्दाङबासीले भित्र्याउन थालेका छन् । तस्वीर : हेमन्त केसी । रासस
मार्फा गाउँ
मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको यो गाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्वीर : सुशील थकाली । रासस
कुन्छाल गाउँ
मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छाल गाउँ । यस गाउँमा गोपाली समुदायको बसोबास रहेको छ । पर्यटकका लागि गाउँमा घरबास (होमस्टे) पनि सञ्चालनमा रहेको छ । तस्वीर : हरिराम भेटुवाल । रासस