दाङ्ग, ५ कार्तिक । तुलसीपुरमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो तुलसीपुर १२ र १६ मा पर्ने ग्वारखोलमा उत्खनन गरिरहेका १२ वटा ट्याक्टर र तुलसीपुर स्थित ३ पातुखोलामा उत्खनन गरिरहेको एउटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार नियन्त्रणमा लिएका ट्याक्टरहरुलाई आवश्यक कारवाहीका लागि तुलसीपुर उपमहानगरपलिका पठाइएको छ ।