प्युठानमा सरायँ नाचको रौनक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ असोज । प्युठानका विभिन्न कोटघर र देवीका मन्दिरहरुमा हतियार जुधाएर नाच्ने परम्परागत सरायँ नाचको रौनक सुरु भएको छ । दसैँ र तिहारसँगै प्युठानमा नाचिने सरायँ नाचले सबैतिर रौनकता बढाएको स्थानीयको भनाइ छ ।

दसैँको नवमी र दशमीको दिनमा यहाँका ऐतिहासिक कोटघर, दुर्गा र कालिका मन्दिरहरूमा राखिएका ऐतिहासिक हतियारहरु प्रदर्शन गर्दै पञ्चेबाजाको तालमा नाच्दै मन्दिर परिक्रमा गर्ने चलन रहेको छ । कोटहरुमा परेवा उडाउने र  पशुबली पनि दिने गरिन्छ । दसैँको अस्टमी र नवमीका दिनमा पशुबलि दिने र दशमीका दिनमा टीका लगाइसकेपछी एकादशीदेखि पूर्णिमासम्म कोटघर, दुर्गाभगवतीका शक्तिपीठहरु सरायँको रमझम र पञ्चेबाजाको धुनले गुल्जार बन्छ । हातमा तरवार, खुँडा बोकेकाहरू एकअर्काको ढाड जोडाउँदै नाच्छन्।् । ‘वाखै’ भन्दा छुट्टिने र ‘ह’ भन्दा ढाड जोड्ने गरिन्छ ।  यो क्रम तिहारपछिको पूर्णीमासम्म चल्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

१३औँ शताब्दिमा प्युठानको भित्रीकोट राज्यका शासक  जाँट बंशीय राजाको राक्षसी स्वभावका विरुद्ध एकताबद्ध भएर जनताले तरवार उठाएको घटनासँग यो सरायँ नाच जोडिएको छ । मानवरूपी राक्षसले वर्ष वर्षमा एउटा मान्छेको मासु खाने गरेको र एक जनाले आफ्ना बाबु नपठाएर आफैँ पुण्यखोला डल्ले भन्ने स्थानमा गई तरवारले राक्षसलाई नै मारेपछि यसैको खुसियालीमा चार गाउँबाट स्थानीय तरवार लिई वाख्यैरवाख्यै भन्दै नाच्दै खुसियाली मनाएको किम्बदन्ती रहेको छ ।

यसैबेलादेखि निरन्तर सरायँ नाच्ने गरिएको स्थानीय तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोखरेलले बताउनुभयो । जिल्लामा डल्लेबाट आरम्भ भएको सरायँ नाच्ने मेला विभिन्न स्थानमा पनि लाग्ने गर्दछ । उहाँले भन्नुभयो, ‘यो एक विजयोत्सवजस्तै हो, गाउँका कोट, डाँडाहरूमा  बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै’ सरायँ नाच्ने गरिन्छ’परापूर्वकालदेखि यो अहिलेसम्म चलिरहेको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad