तुलसीपुर कारागारका महिला कैदीबन्दीलाई कटाइसिलाइ तालिम

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ असोज । तुलसीपुर कारागारका महिला कैदीबन्दीलाई कटाइसिलाई तालिम दिन शुरु गरिएको छ । करागारमा रहेका महिला कैदीबन्दीलाई आर्थिकरुपमा सक्षम बनाउन आजदेखि कटाइसिलाई तालिम दिन शुरु गरिएको हो ।

महिलालाई तीन महिनासम्म कटाइसिलाइ तालिम प्रदान गरिने पिडित सेवा संघ दाङका संयोजक टोप बहादुर महताराले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बन्दी सेवा संघ नेपाल काठ्माण्डौको आर्थिक तथा प्राविधिक सहयोगमा कटाइसिलाई तालिम दिन थालिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तालिमको उद्घाटन कारागारका निमित्त कारागार प्रशासक दोणर् वलीले गर्नुभएको हो । तालिमको प्रशिक्षकमा गीता महतारा र चौकीदार रुक्सना खातुन रहनुभएको छ । तुलसीपुर कारागारका सई शेरबहादुर बुढाथोकीको अध्यक्षता तथा कारागारका निमित्त प्रशासक वलीको प्रमुख आतिथ्यता एवं संघका केन्द्रिय अध्यक्ष जय देउलाको विशिष्ठ आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

त्यस अवसरमा संघका केन्द्रिय अध्यक्ष देउलाले जिल्ला अध्यक्ष महतारासहित कारागार प्रशासनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । बन्दी नाइके मिना घुरालीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण पिडित सेवा संघ दाङका अध्यक्ष टोप बहादुर महताराले गर्नुभएको हो । संघले दुई वटा सिलाई मेसिनसमेत कैदीबन्दी महिलालाई हस्तान्तरण समेत गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad