अम्बिकेश्वरी मन्दिरमा विधिपूर्वक पूजा गरी फूलपाती भित्र्याईयो


दाङ्ग, २४ असोज । बडादशैंको सातौं दिन आज हिन्दू धर्मावलम्बीहरुले परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदै छ । जिल्लाको घोराही १८ स्थित अम्बिकेश्वरी मन्दिरमा आज बिहानदेखि फूलपाती भित्र्याउन र पूजा गर्न अम्बिकेश्वरी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वर्गद्वारी प्युठान दाङ सरोकार समाज, अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिलगायतको टोलीले बिहान विधिपूर्वक पूजा गरी धुमधामका साथ पूजाघरमा फूलपाती भित्र्याएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाली सेनाका गण प्रमुख सेनानी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिना, सशस्त्र प्रहरी बलका प्रमुख, घोराही उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख हुमा डिसी, वडा अध्यक्ष, राजनीतिक दल, नागरिक समाजलगायतको संयुक्त उपस्थितीमा बाजागाजासहित भव्य रुपमा फूलपाती भित्र्याईएको हो । फूलपाती भित्र्याउँदा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मन्दिर परिसरलाई धुम्रपान, मध्यपान निषेधित क्षेत्र तोकेर मन्दिरमा दर्शनका लागि आउने हरेक भक्तजनलाई एक घण्टाभन्दा धेरै समय लाईन लाग्न नपर्ने गरी व्यवस्थापन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पूजा छिटोछरितो गर्न स्वयम्सेवकहरु परिचालन गरी मन्दिरको ३ वटै ढोकाबाट दर्शन गर्न मिल्ने गरी अशक्त, पुरुष र महिलाका लागि लाईन भंग नहुने गरि व्यवस्थापन गरिएको समितिले जनाएको छ ।

फूलपातीका दिन नेपाली सेनासहितको सुरक्षा निकायबाट मन्दिरमा पूजा गरेर फूलपाती भित्र्याउने कार्यलाई व्यवस्थित गरिएको पनि उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सवारी चापलाई ध्यानमा राखेर ट्राफिक व्यवस्थापनका लागि भक्तजन आउजाउ गर्न रुट तय गरिएको र निशुल्क पार्किङको व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिराखेर पूजा आराधना गरि देवी तथा दुर्गाको मन्दिरमा गई फूलपाती भित्र्याईएको हो । सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबीच, घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हने भएकाले आजबाट सरकारी कार्यालय पनि विदा भएका छन् । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम उल्लेख्य रुपमा बढेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad