दाङमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भिर घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २५ असोज । दाङमा श्रीमानले श्रीमतिमाथि खुर्पा प्रहार गरी गम्भिर घाईते बनाएका छन् । दंगिशरण गाउँपालिका-६, बागरका ५२ वर्षीय राजकुमार बादीले हिजो दिउँसो पौने १ बजेतिर श्रीमती निरा बादीमाथि खुर्पा प्रहार गरेर गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार ८/१० दिन अघि घरायसी झगडाका कारण निरा बादी माइतीघर तुलसीपुर उपमहानगरपालिका-१३, बखरियामा बस्न गएकी थिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसपछि श्रीमान राजकुमार बादी २२ गते उनलाई लिन माइतीघर पुगेका थिए । माइतीमै पुन ः विवाद हुँदा राजकुमारले घाँस काट्न प्रयोग गरिने खुर्पाले निरालाई आक्रमण गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

खुर्पा प्रहारबाट निरा बादीको घाँटी, मुख, र दुबै हातमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार निराको अवस्था गम्भीर रहेको छ । खुर्पा प्रहारपछि राजकुमार बादीले सोही हतियारले आफ्नो टाउकोमा पनि प्रहार गरी आफु पनि घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनको टाउकोमा गहिरो चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । निरालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ । श्रीमानको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad