दशैंको अवसरमा दिदी घरका बालबालिकालाई विद्यालय पोशाक सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २१ असोज । दिदी घर बाल संरक्षण केन्द्र तुलसीपुरका बालबालिकाहरूलाई दशैं उपहार स्वरूप विद्यालय पोशाक प्रदान गरिएको छ। घाेराही उपमहानगरपालिका-३ बर्गदुवाकी बिन्दु नेपालीको सहयोग तथा दमारगाउँ चर्च तुलसीपुरको समन्वयमा तुलसीपुर ६ डुम्रीगाउँ र वडा नम्वर १३ बखरीयामा रहेको दिदी घर बाल संरक्षण केन्द्रका २५ जना बालबालिकालाई पोशाक हस्तान्तरण गरिएको हो।

बाल्यकालमै आमा गुमाएकी नेपालीले खाजा खर्चबाट संकलित रकम प्रयोग गरी आश्रय लिइरहेका बालबालिकाहरूलाई दशैंको अवसरमा सहयोग गर्नुभएको हो। तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख तथा दिदी घरका सञ्चालक स्यानी चौधरीको उपस्थितिमा पोशाक वितरण गरिएको थियो। चौधरीले सहयोगको लागि नेपाली र समन्वयको लागि दमारगाउँ चर्चलाई धन्यवाद दिनुभएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै कार्यक्रममा चर्चका अध्यक्ष धनसरा बिक, सचिव साबित्रा विक, कोषाध्यक्ष गीता विष्ट महतारा लगायतको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण पास्टर टोपबहादुर महतराले गर्नुभएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad