दशैँ भित्रिएसंगै गाउँ पुग्ने सडक मर्मत गरिदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २१ असोज । दशैँ भित्रिएसंगै स्थानीय सरकारलाई ग्रामिण सडक मर्मतको चटारो छ । वर्षातका कारण भत्किएका सडक बनाउन स्थानीय सरकारले चासो दिएका हुन् । तुलसीपुर उपमहानगरपालिकाले सक्राम-छिल्लीकोट पुग्ने सडक मर्मत गरेको छ भने वडाले पनि ग्रामिण सडक मर्मत गरेका छन् ।

नगरप्रमुखको सचिवालयका अनुसार वर्षातका कारण भत्किएको सडक मर्मत गरेपछि सक्राम छिल्लीकोट सडकमा सवारी आवागमन सुचारु भएको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ले पनि वर्षातका कारण बिग्रिएको सडक जेसिबीमार्फत मर्मत गरेको वडा अध्यक्ष मोहन पौडेलले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडाले विभिन्न टोललाई जोड्ने सडक मर्मतको काम गरेको हो । यसैगरी वर्षातका कारण बिग्रिएको अकमी -रनियापुर सडक मर्मत गरेर सुचारु भइसकेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

सल्यानको कपुरकोट गाउँपालिकाले पनि दशैँ भित्रिएसंगै गाउँ जोड्ने सडक मर्मतको कामलाई तिब्रता दिएको छ । असोज १० देखि १३ गतेसम्म परेको वर्षाका कारण बिग्रिएको कपुरकोट-धनवाङ-गाढापानी-फलावाङ सडक मर्मत भइरहेको छ ।
ठाउँ-ठाउँमा पहिरो खसेकोले पहिरो पन्छाउने काम भइरहेको उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार जामुने-तिनुरुख सडक मर्मत भइसकेको छ भने टुनिबोट-सिस्नेरी-जामुने-शितलबजार सडक मर्मतको काम चलिरहेको उहाँले बताउनुभयो । खाली मिलनबजार-सिंदुरी-दयाकोट-शितलबजार सडक पनि दशैँ अगाबै मर्मत गरिने उपाध्यक्ष भण्डारीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad