राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीनमा डा रमेश

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ असाेज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीनको जिम्मेवारी डा रमेश कँडेलले पाएका छन्। प्रतिष्ठानको मेडिसिन विभागका प्रमुखका रुपमा कार्यरत डा कँडेललाई प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले निमित्त डीनको जिम्मेवारी दिएका हुन्।

डा कँडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मेवारी दिइएको उपकुलपति डा लामिछानेले दिएको पत्रमा उल्लेख छ। डा कँडेललाई आज शुक्रबारदेखि लागु हुने गरी डीनको जिम्मेवारी दिइएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डा कँडेल ज्येष्ठ नागरिक रोग विशेषज्ञ (जेरियाट्रिसियन) हुन्। प्रतिष्ठानमा अबदेखि एमबीबीएस कार्यक्रम सञ्चालन हुँदैछ। एमबीबीएस कार्यक्रमका साथै अन्य शैक्षिक कार्यक्रमलाई थप समृद्ध तथा थप परिष्कृत गर्दै लैजाने जिम्मेवारीका साथ डा कँडेललाई डीनको जिम्मेवारी दिइएको प्रतिष्ठानका पदाधिकारीले जानकारी दिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad