दाङमा भैंसी चराउन गएका खुसीराम ४ दिनदेखि बेपत्ता, खोलाले बगाएको आशंका

दाङ, १८ असाेज । दाङको लमहीमा भैंसी चराउन गएका खुसीराम सम्पर्कबिहिन भएका छन्। मंगलबार मध्यान्ह १२ बजेतिर भैंसी चराउन गएका लमही नगरपालिका–४ का ६० वर्षीय खुसीराम चौधरी बेलुकी घर फर्किएका थिएनन्। तर, भैंसी मात्रै बेलुकी घर फर्किएको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा प्रहरी कार्यालय लमहीका अनुसार उनलाई खोलाले बगाएको आशंका गरिएको छ। बेलुका भैंसी घर मात्रै फर्किएपछि उनको खोजी भएको थियो। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad