दाउरा लिन जाँदै गरेकी बालिकालाई घरमा लगेर बलात्कार, दाङका एक जना पक्राउ

दाङ, १९ असोज । दाङमा एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ११ वर्षिय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले राजपुर गाउँपालिका वडा नम्बर २ का ४० वर्षिय धर्मराज यादवलाई पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यादवले वडा नम्बर २ स्थित दुर्गा सामुदायिक बनमा दाउरा लिन जाँदै गरेकी बालिकालाई घरमा लगेर जवरजस्ती करणी गरेको भनि आफन्तीले जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो । शुक्रबार पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad