प्रतिष्ठानमा तत्काल चारसय बेड थप गर्छाै: पूर्वमन्त्री शर्मा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ असाेज । नेपाल सरकारका पूर्व संचार, सूचना तथा प्रविधि मन्त्री एवं प्रतिनिधिसभा सदस्य रेखा शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा र शिक्षा क्षेत्रको विकास लागि तत्काल चारसय बेडको संरचना निर्माणको कामलाई पूर्णता दिने बताउनुुभयो । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा र संरचना निर्माणमा लागि परेको बताउनुभएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अनुुगमन गर्दै पूर्वमन्त्री शर्माले राप्ती स्वास्थ्य वित्रान लुम्विनी प्रदेशकै स्वास्थ्य सेवा र चिकित्सा अध्ययनको केन्द्र बन्न सक्ने भएकाले प्रतिष्ठानको सेवा, संरचना र शैक्षिक स्तर मजबुत बनाउन लागि परेको बताउनुुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएसँगै दाङको स्वास्थ्य सेवा क्षेत्र अब्बल बन्दै गईरहेकाले अब प्रतिष्ठानको समुुन्नत विकासमा लाग्नुुपर्ने बताउनुुभयो । पूर्वमन्त्री शर्माले चिकित्सा शिक्षा (एम.बि.बि.एस.) शिक्षा अध्ययनका लागि अनुुमति प्राप्त पछि तत्काल पूर्वाधार निर्माण आवश्यक रहेकाले तत्काल लागि चारसय बेड भवन निर्माणको काम प्रक्रियामा रहेकाले तत्काल उक्त भवन निर्माणका लागि पहल गर्ने बताउनुुभयो । जसका लागि आवश्यक मन्त्रालय तथा मन्त्रीहरु सँग आपसी छलफल गरी भवन निर्माणको कामलाई तत्काल पूर्णता दिनेमा बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पूर्व मन्त्री शर्माले चिकित्सा अध्ययन तथा स्वास्थ्य सेवा प्रतिष्ठानले सँगसँगै लैजानुुपर्ने भएकाले प्रतिष्ठानलाई आवश्यक पर्ने जग्गा व्यवस्थापनको काम पनि थप पहल गर्नुपर्ने भएकाले आवश्यक जग्गाको खोजीमा समेत लाग्नपर्ने उहाँको सुझाव थियो । प्रतिष्ठानको सेवा क्षेत्र धेरै रहेकाले आवश्यक संरचना निर्माणको काम पनि धेरै गर्नुुपर्ने देखिएकाले तत्काल जग्गा व्यवस्थापनको दिर्घकालिन रणनिति योजना निर्माणमा समेत जुट्न उहाँले प्रतिष्ठान परिवार आवश्यक राय राख्नुुभएको छ ।

प्रतिष्ठान अनुुगमनका क्रममा प्रतिष्ठान उपकुलपति डा. विकास लामिछाने स्वास्थ्य सेवा क्षेत्रको अवस्था सुधार उन्मुुख बन्दै गइरहेकाले तत्काल आवश्यक बजेट , संचरना निर्माण, जग्गा व्यवस्थापनको काम र स्वास्थ्य बिमा कार्यक्रमको जटिल बन्दै गईरहेकाले आवश्यक निकायहरुमा पहल गरिदिन आग्रह गर्नुुभएको थियो । अनुुगमनका क्रममा पूर्वमन्त्री शर्माले प्रसुती गृह, आकस्मीक कक्ष, जेष्ठ नागरिक सेवा कक्ष लगायतका सेवा स्थलहरुको अनुुगमनका साथ उपचारार्थ बिरामीहरुको स्वास्थ्यवस्था र सेवाका बारेमा जानकारी लिनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad