मावि हरीपौरीको निर्णय : गरीब, द्वन्दपीडितलगायतलाई शूल्क नलाग्ने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ असाेज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित पशुपति मावि हरीपौरीले गरीब, द्वन्दपीडितलगायतलाई कुनै पनि शूल्क लिने गरेको छैन ।

गरीब, जेहेन्दार,द्वन्दपीडित,पिछडिएको बर्ग एवं वडा कार्यालयको सिफारिशबाट आउने अन्य विद्यार्थीहरुलाई कुनै पनि शूल्क नलिईएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले बताए । उनका अनुसार विद्यालय ब्यबस्थापन समितिले निर्णय गरेर यो कुरा लागु गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोही विद्यालयबाट एसइई उतिर्ण गरि कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिश गरेका विद्यार्थीहरुलाई प्रमाणपत्रलगायत अन्य शूल्क निःशुल्क गर्ने निर्णय गरेको हो । लक्षित विद्यार्थीहरुको आर्थिक अबस्था कम्जोर हुने भएकाले यो निर्णय गरि कार्यान्वयन गरिएको अध्यक्ष अधिकारीको भनाई छ । उनका अनुसार ४ बर्षदेखि उक्त विद्यालयमा कक्षा १२ सम्म ब्यबस्थापन संकायमा सञ्चालनमा छ ।

कक्षा ११ र १२ सञ्चालन भएको ४ बर्ष भएपनि एक जना राहात र एक जना स्थायी शिक्षक मात्रै रहेको उहाँको भनाई छ ।“हामीले ब्यबस्थापन शंकाय चलाएको चार बर्ष भयो, अहिलेसम्म शिक्षक अभाब छ”,उनले भने “एक जना राहात र एक जना मात्रै स्थायी हुनुहुन्छ, हामीले निजि स्रोतबाट शिक्षक ल्याएर पढाउनु पर्ने अबस्था छ ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

निजि स्रोतका शिक्षकलाई बार्षिक ११ लाख रुपैँया तलब खुवाउनु पर्ने अबस्था रहेको उहाँको भनाई छ । निजि शिक्षकलाई आंशिक रुपमा राखिएको अध्यक्ष अधिकारीको भनाई छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शूल्क लिने गरेको भन्दै त्यहीबाट नै तलब खुवाउने गरिएको छ । निजि शिक्षकलाई तलब खुवाउँदा बार्षिक ५ लाख घाटामा रहेको उनले बताए । अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट उक्त घाटा पूर्ति हुने गरेको छ । यस बिषयमा पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको भएपनि सुनुवाई नभएको उनको भनाई छ ।

कक्षा १ देखि १० सम्म भने १३ जना शिक्षक कार्यरत छन् । कक्षा १२ सम्म सोही विद्यालयमा ४ सय १५ जना विद्यार्थी रहेका छन् । यस अघि सोही विद्यालयले एसइई पास गरेका विद्यार्थीको स्तान्तरण शूल्क १० हजार रुपैँया लिने गरेको भन्दै आलोचना पनि भएको थियो । त्यसमा तुलसीपुर उपमहानगरपालिकाले शूल्क तोकेपछि भने त्यही शूल्क लागु गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad