खाद्य कम्पनी तुलसीपुरमा खसीबोका बिक्रि गर्ने किसानहरुको भिड

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य कार्यालय तुलसीपुरमा खसीबोका बिक्रि गर्ने किसानहरुको ठूलो भिड लागेको छ । कम्पनीले दशैंलाई लक्षित गरेर आज शुक्रबारदेखि खसीबोका खरीद प्रक्रिया सुरु गरेको हो ।

किसानहरु खसीबोका बिक्रि गर्नका लागि उत्साहित देखिएका छन् । कम्पनीले यस वर्ष दाङबाट चार सय खसीबोका खरीद गरेर काठमाडौं पठाउने योजना बनाएको कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सहुलियतमा चामल बिक्रि गर्दै आएको कम्पनीले किसान तथा सहकारीमार्फत खसीबोका खरीद गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारका अनुसार, यस वर्षको दशैं तिहारका लागि चार सय खसीबोका खरीद गरेर काठमाडौं पठाउने निर्देशन प्राप्त भएको छ ।

गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको संख्या झण्डै आधाले घटेको छ । गत वर्ष ७ सय ५६ खसीबोका खरिद गरिएको थियो भने यस वर्ष चार सय मात्रै खसीबोका खरीद गर्न लागेको कार्यालय प्रमुख सुनारले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस वर्षको खरिद मूल्य पनि घटेको छ । कम्पनीले यस वर्ष २० देखि ४० केजीका खसीबोका प्रतिकेजी ५६० रुपैयाँ र १८ देखि ३० केजीका बोकालाई ५४० रुपैयाँमा खरीद गर्दैछ । गत वर्षको तुलनामा यस वर्षको खरिद मूल्यमा कमी आएको सुनारले बताउनुभयो ।

गत वर्ष जिउँदो खसीको मूल्य २५ केजीभन्दा माथिका प्रतिकिलो ५ सय ६२ रुपैयाँ, २० देखि २५ केजीसम्मको खसी प्रतिकिलो ५ सय ४५ रुपैयाँ र १८ केजी भन्दामाथिको बोका प्रतिकेजी ५ सय ४२ रुपैयाँ मूल्यमा खरिद गरेर काठमाडौं पठाएको थियो । व्यापार कम्पनीले भोलीसम्म खसी-बोका खरिद गरिने जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad