घोराही-९ मावि तेघरामा ७ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ असाेज । घोराही उपमहानगरपालिका-९ तेघरामा रहेको नरदेवि माबिमा पूर्व विद्यार्थी बन्दना शाहको सहजीकरणमा ७ लाख बढिको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

मावि तेघरामा लामो समय अध्ययन गर्नु भएकी बन्दना शाहले विद्यालयका वालवालिकाहरुको शारीरिक तथा मानसिक विकासमा सघाउ पुराउने उद्देश्यले सौभाग्य शाह फाउन्डेसनमार्फत विद्यालयमा ७ लाख बराबरको शैक्षिक सामग्री सहयोग गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी मावि तेघराका पूर्व विद्यार्थी बन्दना शाहका पति अनुप शाहले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चैतुकुमार चौधरी र प्रधानाध्यापक कमल खड्कालाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।

गतवर्ष टेवलटेनिस बास्केटबल कोर्ड, भलिवल फुटबललगाएतका ८ लाखमुल्इ बराबरको सहयोग गरेकोमा यो वर्ष विद्यार्थीहरुका लागि शारीरिक व्यायाम र मनोरञ्जनका लागि पिङ, झुलालगायतका ७ लाख बढिको सहयोग गरिएको सौभाग्य शाह फाउन्डेसनका सदस्य अनुप शाहाले बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फाउन्डेशनले विद्यालयका एक विद्यार्थीलाई प्रदान गरिने वार्षिक २४ हजार नगद छात्रवृत्तिको पहिलो किस्ता १२ हजार पनि प्रदान गरेको छ । सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सौभाग्य फाउन्डेसनका सदस्य अनुप शाह, लोकबहादुर थापालाई विद्यार्थीहरुले फुलमालाले स्वागत गरेका थिए भने विद्यालयले सम्मान पनि गरेको विद्यालयका शिक्षक शमसेर नेपालीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad