मेक्सिकाेका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको ज्यान गयो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ असाेज । नेपाल, भारत र पाकिस्तानका आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सैनिकले गोली हान्दा ६ जनाको ज्यान गएको छ । ग्वाटेमाला सीमा नजिकै गोली प्रहारबाट ६ जना आप्रवासीको ज्यान गएको मेक्सिकन रक्षा विभागलाई उद्धृत गर्दै ‘हिन्दुस्तान टाइम्स’ ले जनाएको छ ।

दुई जना सिपाहीले ट्रकमा गोली हान्दा चार जना आप्रवासीको घटनास्थलमै ज्यान गएको र अन्य १२ जना घाइते भएका खबरमा उल्लेख छ । घाइतेमध्ये पछि थप दुई जनाको ज्यान गएको र १० जनाको अवस्था थाहा नभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो घटनामा ज्यान गुमाउनेहरूको बारेमा विवरण प्राप्त भइसकेको छैन । ट्रकमा ३३ जना आप्रवासी रहेकामा १७ जना भने सकुशल रहेका खबरमा उल्लेख छ । गोली हान्ने दुई जना सिपाहीलाई जिम्मेवारीबाट हटाइएको र अनुसन्धान भइरहेको विभागको भनाइ छ ।

यो क्षेत्र एक तस्करी मार्ग हो । मेक्सिकन सेनाले यस क्षेत्रमा आप्रवासी बोक्ने गाडीमा गोली हानेको यो पहिलो घटना होइन । सन् २०२१ मा अर्धसैन्य राष्ट्रिय गार्डले यही क्षेत्रमा आप्रवासी बोकेको ट्रमा गोली हान्दा एक जनाको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad