राप्ती नदीमा तटबन्ध निर्माण सुस्त, ४० प्रतिशत मात्रै काम

Blog Post Ad Blog Post Ad Blog Post Ad

लीलाधर वली

दाङ, १७ असाेज । वर्षाको समयमा राप्ती नदीले गर्ने कटान र डुबानबाट बस्तीलाई सुरक्षित गर्ने गरी सुरु भएको तटबन्ध निर्माणको काम सुस्त छ । तटबन्धको काम २१ महिनामा ४० प्रतिशत मात्रै भएको छ । राप्ती नदीमा ३० महिनाको अवधिमा करिब ११ किलोमिटर तटबन्ध गर्ने गरी कालिका कन्स्ट्रक्सन प्रालिसँग २०७९ पुसमा सम्झौता भएर काम सुरु भएको थियो । २०८१ जेठ मसान्तसम्म तटबन्धको काम सक्ने गरी सुरु भएको काम अहिलेसम्म आधा पनि भएको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती नदी अन्तर्गत गढवा गाउँपालिका र लमही नगरपालिकाका चार स्थानमा करिब साढे आठ किलोमिटर र बाँकेको राप्तीसोनारी गाउँपालिकामा साढे दुई किलोमिटर तटबन्ध गर्ने गरी काम अघि बढे पनि ढुङ्गा अभाव हुँदा सोचे अनुसार लक्ष्य प्राप्त गर्न नसकिएको जनताको तटबन्ध आयोजना लमहीका प्रमुख रामप्रसाद अर्यालले बताउनुभयो । राप्तीसोनारी गाउँपालिकामा काम अन्तिम चरणमा पुगे पनि देउखुरीमा तटबन्ध गर्न ढुङ्गा नपाइने समस्याले ढिलाइ भएको बताउनुभयो ।

अहिलेसम्म ७५ प्रतिशत काम सक्र्नुपर्ने भए पनि ४० प्रतिशत मात्र भएको उहाँले बताउनुभयो । उहाँका अनुसार दाङ र बाँकेमा गरी करिब पाँच किलोमिटर मात्र तटबन्ध गरिएको छ । सम्झौता म्याद अन्तिमतिर पुग्न लागिसकेको छ । आयोजना प्रमुख अर्यालले भन्नुभयोे, “विपत्को समयमा कटान र डुबानबाट जमिन र बस्ती बचाउन प्राथमिकता दिई कार्यव्रmम आए पनि तटबन्धका लागि ढुङ्गा अभाव छ ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

विपत्को समयमा पर्ने जोखिम न्यूनीकरणका लागि ठुलो सहयोग गर्ने भए पनि सरोकारवाला निकायले देउखुरी क्षेत्रमा नदी, खोला तथा वनमा भएका ढुङ्गा प्रयोग गर्ने वातावरण बनाउन नसक्दा समस्या देखिएको उहाँले बताउनुभयो । तटबन्ध सफल बनाउन देउखुरी क्षेत्रमा भएका ढुङ्गा उपयोग गर्ने व्यवस्था गरिनुपर्ने भन्दै आयोजना प्रमुख अर्यालले भन्नुभयो, “तटबन्धका लागि ढुङ्गा नै नपाइने समस्या होइन । अहिले राप्ती नदी क्षेत्रमा भएका ढुङ्गा उपयोग गर्न पाएका छैनौँ ।

त्यस क्षेत्रका ढुङ्गा उपयोग गर्न सके तटबन्धको काम सहज हुने थियो ।” अर्घाखाँची जिल्लाबाट ढुङ्गा ल्याएर राप्ती नदीमा तटबन्ध गरिएको उहाँले बताउनुभयो । तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता हुँदा निर्माण क्षेत्रवरिपरि उपलब्ध ढुङ्गा प्रयोग गर्ने भनिए पनि वन क्षेत्र र नदी भएको ढुङ्गा प्रयोग गर्न नपाउँदा समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार तटबन्धका लागि एसियाली विकास बैङ्कको सहयोगमा जनताको तटबन्ध कार्यव्रmम अन्तर्गत करिब एक अर्ब १७ करोड रुपियाँमाठेक्का भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती नदीसँगै वन क्षेत्रमा प्रशस्त ढुङ्गा भए पनि प्रयोग गर्न कानुनी समस्या भएकाले त्यसलाई हटाउन स्थानीय सरकार, जनप्रतिनिधिलगायतका सरोकारवाला निकाय लाग्नुपर्ने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाको समयमा हरेक वर्ष राप्ती नदीका कारण देउखुरीमा क्षति हुन्छ, त्यसलाई रोक्न तटबन्ध आवश्यक छ ।” बस्ती र खेतीयोग्य जमिन सुरक्षित बनाउन राप्ती नदीमा तटबन्ध आवश्यक रहेको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad