विविएसमा गोरखा तुलसीपुरकी छात्रा जिल्ला प्रथम भएको दावी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ असाेज । दाङको तुलसीपुर स्थित गोरखा मोडेल कलेजकी छात्रा विविएस प्रथम बर्षको नतिजामा जिल्ला प्रथम भएको दावी गरिएको छ । कलेज प्रमुख पूर्ण विक्रम डाँगीका अनुसार ७२ प्रतिशत ल्याएर छात्रा गोमा शर्मा प्रथम भएकी हुन् ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको नतिजा अनुसार जिल्लामा शर्मा प्रथम भएको प्रमुख डाँगीको दावी छ । विद्यालयले विविएसमा विगतमा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिक्षक, विद्यार्थी र अभिभावकको लगावले नै विद्यालयले यसरी उत्कृष्ट नतिजा ल्याउने गरेको प्रमुख डाँगीको भनाई छ । उनका अनुसार किताबी ज्ञान मात्रै नभई अतिरिक्त शिक्षामा पनि जोड दिएकाले पनि नतिजा राम्रो आएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad