दाङमा सामूहिक बलात्कार गरेको कसुरमा आठ वर्ष कैद

दाङ, १७ असाेज । २९ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा दाङ जिल्ला अदालतले घोराही उपमहानगरपालिका –१७ का २३ वर्षीय मनोज चौधरी र ३० वर्षीय निर्मल चौधरीलाई जनही आठ/आठ वर्ष कैद गर्ने फैसला गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोख्रेलको इजलासले दुवैजनालाई दोषी ठहर गर्दै जनही आठ /आठ वर्ष कैद र ७ लाख जरिवाना तथा पीडित राहत कोषमा एक हजार ३ सय भराउने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । मनोज र निर्मलले ०७९ फागुन २६ महिलालाई सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad