यस वर्ष ‘हिले दशैं’

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ असोज । यस वर्ष मनसुनको सयम औसतभन्दा लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काल मनसुन बहिर्गमनको सम्भावना नदेखिएको हो ।जल तथा मौसम विज्ञान विभागले दशैंसम्म मनसुन रहनसक्ने सम्भावना छ रहेको जनाएको छ । यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान छ ।

यस वर्षको मनसुन सरदर मिति जुन १३ भन्दा तीन दिन छिटो अर्थात् जेठ २८ गते नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस वर्षको अक्टुबर २ अर्थात् असोज १७ गते घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना छैन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेले त मंगलबारदेखि दशैंसम्मै वर्षाको सम्भावना रहेको बताउनुभएकाे छ । मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) आउन १० दिन बाँकी छ । यतिबेलासम्म भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको देखिन्थ्यो र त्यसको केही दिनपछि नेपालबाट पनि बाहिरिन्थ्यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर अहिलेसम्म मनसुन बाहिरिने कुनै पनि संकेत नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले यो वर्षको दशैंमा पानी पर्ने सम्भावना रहेको विभागको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad