सल्यानको कुमाख गाउँपालिकामा युवाहरुद्धारा तालाबन्दी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ असोज । सल्यानको कुमाख गाउँपालिकामा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् । पालिकामा पटक पटक ध्यानाकर्षण पत्र तथा अपिल पत्र बुझाउदा पनि युवाहरुका समस्या समाधान तर्फ पालिका उदासिन भएको भन्दै पालिकामा तालाबन्दी गर्नु परेको युवाहरुले बताएका छन् ।

गाउँपालिकाबाट हुने नियमित सेवा, कार्य सम्पादन कानुनको अधिनमा रहि छिटो छरितो हुनु पर्नेमा झन्झटिलो र स्वइच्छाचारी ढंगले अघि बढेकाले बाध्य भएर पालिकाको मूल गेटका साथै अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्नु परेको युवराज खड्काको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

युवा परिषद् गठन गर्नु पर्ने, सामुदायिक तथा संस्थागत विद्यालयमा नियमित, अनुगमन, सुपरिवेक्षण, निर्देशन तथा कारवाही जस्ता कार्यलाई कडाईका साथ कार्यन्वयन गर्नु पर्ने, नियमित रुपमाम सरल तथा कानुनले तोकिएकै समयावधि भित्र झन्झट मुक्त सेवा प्रवाह हुनु पर्ने, कार्यसम्पादन तथा सेवा प्रवाहका क्षेत्रमा देखिएका समस्या समाधानका लागि द्रुत गतिमा निकास दिन छलफल अन्तरक्रिया गर्नु पर्ने, नागरिक र स्थानीइ तहलाई नजिक तुल्याई सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणमा चुस्तता कायम गर्न नियमित अन्तरक्रिया, सुझाव ग्रहन, गुनासो सुन्ने र समाधान गर्ने प्रक्रियाको थालनी गर्नु पर्ने, लगायतका मागहरु पटक पटक गाउँपालिकामा बुझाएको भए पनि अहिले सम्म कुनै सुनुवाई नै नभएको पुस्कर पन्थको भनाई छ ।

यस्तै नियम बमोजिम प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा अधिकृतलाई सम्बन्धित मन्त्रालयले खटाइसकेपछि काम गर्ने वातावरण र्सिजना गर्नु पर्ने, राज्यको स्रोतलाई सहि ढंगले परिचालन गर्नु पर्ने, स्थानीय युवा निति तयार गरी युवाहरुको सिप विकास, सशक्तिकरण, क्षामता विकास तथा उद्यमी बनाउन नेपाल सरकार तथा अन्य साझेदार निकायले अघि सारेका युवा विकासका कार्यक्रमका लागि समन्वयकारी भूमिका खेल्नु पर्ने, वडास्तरमा युवा क्लव गठनलाई प्राथमिकता दिनु पर्ने लगायतका मागहरु रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वार्तामा आउन पालिकाको आग्रह

युवाहरुले मूल गेटमा तालाबन्दी गरेपछि पालिकाले वार्तामा आउन आग्रह गरेको छ । पालिकाले समस्या समाधानका लागि पहिलो चरणमा वार्ताका लागि आग्रह गरेकाले मूल गेटमा लगाएको ताला खोलिएको युवराज खड्काले बताउनु भयो । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षममा लागेको ताला भने वार्ता निष्कर्णमा नपुगेसम्म नखोलिने उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad