लायन्स क्लब अफ दाङ नारायणपुरद्वारा सहयोग वितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ असोज । लायन्स क्लब अफ दाङ नारायणपुरले घोराही उपमहानगरपालिका वडा नम्बर ८ मा अवस्थित सर्वोदय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग वितरण गरेको छ । क्लबले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग वितरण गरेको हो ।

विद्यालयका २५ जना विद्यार्थीहरुलाई विद्यालय झोला तथा स्टेसनरी सामग्री वितरण गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकिरण घर्ती, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार बस्नेत, क्लबका पूर्व अध्यक्ष केशव थापा, प्रकाश डाँगी लगायतले मन्तव्य राखेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

क्लबका अध्यक्ष अभियान बस्नेतको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवम् डिस्ट्रिक ३२५ एनको डिस्ट्रिक कोषाध्यक्ष धनेश्वर आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रथम उपाध्यक्ष युवराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कुलप्रसाद रजौरेले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad