कुचोसंग चामल साटेर दैनिकी चलाउँदै रिहारकी ‘सम्झना’

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ असोज । दाङको लमही नगरपालिका वडा नं. ९ रिहार निवासी सम्झना चौधरीले कुचोबाटै आफ्नो दैनिकी चलाउने गर्नुहुन्छ । कुचो बनाउने र बजारमा चामलसंग साटेर घर चलाउने गर्नुहुन्छ । उहाँले पछिल्लो समय यसरी नै जीवन निर्वाह गरिरहनु भएको छ ।“कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ”, उहाँले भन्नुभयो“त्यसले नै घर चलाएकी छु ।”

सिरुको कुचो बजारमा माग पनि धेरै रहेको छ । बजारमा माग भएकै कारण उहाँले पछिल्लो एक बर्षदेखि कुचो बनाउन थाल्नु भएको हो । यसरी बनाएको एउटा कुचोलाई दुई मानासम्म चामल दिने गरेका छन् । पैसा भन्दा पनि चामलसंग बढि कारोबार हुने गरेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एक चोटीमा ५० वटासम्म कुचो बनाएर विक्री गरेपछि त्यसले दुईमहिनासम्म पुग्ने चामल ल्याउने गरेको उहाँको भनाई छ ।“काचो सिरु ल्याएर त्यसबाट कुचो बनाउछौं, त्यही कुचो सुकेपछि बेच्छौं”,उहाँले भन्नुभयो ।

सिरुको कुचो बजारमा पाइने कुचो भन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले यो पेशालाई निरन्तरता दिने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“उमेर पनि गइसक्यो, अरु के नै गर्न सकिन्छ र?”,उहाँले भन्नुभयो“कुचो विक्रीहुँदासम्म यही नै पेशा गर्ने सोँच बनाएकी छु ।” बजारमा पनि माग बढेकाले यो काम गर्न आफू उत्साहित भएको चौधरीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad