रोल्पाकी ७४ वर्षिया बिरमतीको बुढेसकालको सारथी ‘मोबाईल’

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २ असोज । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ कि ७४ वर्षिया जेष्ठ नागरिक बिरमती वि.क. काम विशेषले होलेरी बजार आउँनु भएको थियो। होलेरीको एक पसलमा चिया पिउँदै गरेकी उहाँको फोनको घण्टी बज्यो। एकैछिनमा खल्तीबाट मोबाईल फोन झिकेर आफ्नी छोरीसंग फोन संवाद गर्न थाल्नु भयो।

हामिले उत्सुक्ताका शाथ उहाँ संग कुराकानी गर्यौँ।उहाँले पनि खुलेर कुराकानी गर्नुभयो।बिगत ६ वर्ष देखि मोबाइल फोन राख्दै आउनु भएकी उहाँले मोबाईल बुढेसकालको सारथी बनिरहेको बताउँनु भयो।`श्रीमानले उमेरमै छोडेर जानू भयो। ६ वर्ष अगाडि छोराले मोबाईल किनि दियो। त्यसपछि आफ्ना सुख दु:ख छोराछोरी,बुहारी,नातिनातिना सबैसंग उतिखेरै बाड्न यो मोबाईलले खुब साह्यता गरेको छ´७४ वर्षिया बिरमतीले भन्नू भयो-`हामी वृद्ध मान्छेका लागि खुब राम्रो गरेको छ तर आजकालका नयाँ केटाकेटीलाई बिगारेको पनि छ भन्ने सुन्छु।´

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले फोन डायल गर्न अलि कठिनाइ हुने अनुभव सुनाउँदै आएको फोन उठाएर सजिलै दोहोरो संवाद गर्न सक्ने बताउँनु भयो।`हाम्रो पालामा हामिले कोइलाबास बाट नुन बोकेर खान्थेउ। रेडियो सुन्न पनि पाइदैन थियो। अहिले हातहातमा मोबाईल फोन आयो। आफन्तहरु टाढा भएपनि आवाज सुनेर कुरा गर्न पाइन्छ-उहाँले भन्नू भयो-`साह्रै खुसी लाग्छ।´

मोबाईल शाथी जस्तै बनिरहेको उहाँले आफ्नो अनुभव बताउँनु भयो। यहि मोबाइलमा रेडियो सुन्छु, देश विदेशका समाचार सुन्छु। छोरा-बुहारी र आफन्तको फोन आयो भने कुरा गर्छु। शाथी जस्तै भएको छ मोबाईल´-उहाँले भन्नू भयो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वर्तमानका नयाँ पुस्तालाई मोबाईल फोन आवश्यकता अनुसार मात्रै चलाउन उहाँको शुझाव समेत रहेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad