‘मिस्टर काठमाडौं’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २ असोज । मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन भएको छ । राईलाई बुधबार बिहान उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले त्यहीँ मृत घोषित गरे । बुधबार बिहान ६ बजेतिर उनी होटलमै लडेका थिए।

उनलाई बुधबार बिहान ६ बजे ग्रान्डी अस्पताल लगिएको थियो । मोरङको पथरीका ४५ वर्षीय राईलाई छातीमा असहज भएपछि अस्पताल भर्ना गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यहाँ उपचारका क्रममा बिहान ७ बजे उनको निधन भएको हो । चिकित्सकहरूले उनको मृत्युको कारण औपचारिक रुपमा बताएका छैनन् ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जले मोरङबाट परिवारका सदस्य र आफन्त आउने क्रममा रहेकाले शवको परीक्षणसहितका प्रक्रिया थालिने जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राईले यही शनिबार मात्रै पाँचौँ खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता जितेका थिए । शनिबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको प्रतियोगितामा उनले उपाधि चुमेका थिए।

उनी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ निवासी हुन् । उनी मिस्टर काठमाडौंमा सहभागी हुन ‘फोनिक्स फिटशाला’ बाट सहभागी भएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मिस्टर काठमाडौंमा भाग लिने क्रममा उनी टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बसिरहेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad