राप्ती प्रादेशिक अस्पतालको वार्षिक समीक्षा : ८१ दशमलव ४८ प्रतिशत बिरामी निको

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ असोज । राप्ती प्रादेशिक अस्पतालले मंगलबार एक वर्षमा गरेका स्वास्थ्य उपचार सेवाहरूको वार्षिक समीक्षा गरेको छ । अस्पतालले गत आर्थिक वर्ष २०८०/८१ मा प्रवाह गरेका सेवाप्रवाहको वार्षिक समीक्षा गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा समीक्षा कार्यक्रम भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस अवसरमा नगरप्रमुख खड्काले अस्पतालको सेवा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पतालमा आइसियु नहुँदा धेरै बिरामीले मृत्युवरण गर्नुपरेकोले यसको व्यवस्थापनका लागि आवश्यक पहल गरिने बताउनुभयो । उहाँले अस्पतालमा डायलाइसीस सेवा सुधार गर्नुपर्ने, डाक्टरले समय अवधिभर सेवा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले अस्पतालमा बितेको आर्थिक वर्षमा ९२ हजार बढीले बहिरंग सेवा प्राप्त गरेको बताउनुभयो । उहाँले बितेको आर्थिक वर्षमा अस्पतालमा भर्ना भएका कुल बिरामीमध्ये ८१ दशमलव ४८ प्रतिशत बिरामी निको भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार अस्पतालले बितेको आर्थिक वर्षमा स्वास्थ्य सेवा प्रवाहमा ८५ अंक प्राप्त गरेको छ । अस्पतालमा गत आर्थिक वर्षमा २६९ जना मानसिक समस्याका बिरामी आएको उहाँले बताउनुभयो ।

उहाँले नसर्ने रोगका बिरामी बढ्दै गएको बताउनुभयो । अस्पताल प्रमुख डा.पदमराज अधिकारीले स्वास्थ्य बिमामा नागरिकको सहभागीकता कम रहेको बताउनुभयो । अहिले अस्पतालले जनशक्ति र सामग्रिको अभावमा २ सय बेड संचालन गर्न नसकेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालको सेवा प्रवाह सुधारका लागि थप जनशक्ति र आवश्यक सामग्रिको व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । उहाँले सिमित जनशक्ति र सामग्रिले पनि अस्पतालको सेवा प्रवाहलाई सुधार गर्ने कोशिस गरिरहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अच्युत शर्मा, स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अस्पताल नर्सिङ प्रमुख सविता बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक धनबहादुर केसीले गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad