तुलसीपुरले तोक्यो एक देखि १२ कक्षासम्मको सर्टिफिकेट शुल्क

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ असोज । दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यालयका लागि सर्टिफिकेट शुल्क निर्धारण गरेको छ । मंगलबार बसेको शिक्षा समितिको बैठकले मावि तहसम्मको सर्टिफिकेट शुल्क निर्धारण गरेको हो ।

शिक्षा शाखा प्रमुख चक्र भण्डारीका अनुसार १ देखि ५ कक्षा सम्मको ५ सय, ६ देखि ८ कक्षा सम्मको १ हजार र ९ देखि १२ कक्षासम्मको ३ हजार रूपैयाँ सर्टिफिकेट शुल्क निर्धारण गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार यो शुल्क निर्धारण तुलसीपुर उपमहानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका लागि हो । प्रमुख भण्डारीले तोकिएको भन्दा बढी शुल्क लिने विद्यालयलाई कार्बाही गरिने बताउनुभयो ।

सर्टिफिकेटको नाममा विद्यालयले १० हजारसम्म शुल्क लिने गरेका छन् । तुलसीपुर उपहानगरपालिको निर्धारण गरेको शुल्क पनि बढी हो । जबकी मूल प्रमाणपत्रको २ सय ५० रुपैँयामात्रै लाग्ने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad