रोल्पामा ७१ वर्षीया वृद्धाको हत्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

रोल्पा, २५ भदौ । रोल्पामा ७१ वर्षीय वृद्धाको हत्या भएको छ। थवाङ गाउँपालिका २ जाजरकोट टोल निवासी ७१ वर्षीया सारू रोकाको सोमबार मध्यराति हत्या भएको हो। उनको हत्या गरेको आरोपमा स्थानीय ३५ वर्षीय रामकुमार रोकालाई प्रहरीले पक्राउ गरेको छ।

रोकाले बन्दुकको कुन्डाले वृद्धाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। राति १२ बजे वृद्धाको हत्या भएको भन्ने सूचनापछि पुगेको प्रहरीले आरोपिलाई मदिराले मातेर घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हत्यामा प्रयोग भएको बन्दुक घटनास्थलदेखि ७५ मिटर पर पातिको झाडीमा फेला पारेको प्रहरीले बताएको छ । घटना थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्तीगाउँवाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा थप ५ जनाको टोली घटनास्थलमा खटिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad