थारू संघको वडा समिति गठन गरिदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

टेकबहादुर पुन

देउखुरी, २५ भदौ । नेपाली कांग्रेस निकट थारू संघको वडादेखि केन्द्रसम्म समिति गठन गर्न थालिएको छ । देशैभर थारू संङघको वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समिति गठन गर्ने निर्णय अनुरूप दाङ क्षेत्र नम्बर १ मा वडा समिति गठन गरिएको छ । लमही नगरपालिका अन्तर्गतका विभिन्न वडामा वडा समिति गठन गर्ने र क्रमशः नगर, क्षेत्र, जिल्ला गठन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका महासमिति सदस्य मोहन गिरीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही नगरपालिका वडा नं. ७ मा हनुमान चौधरीको सभापतित्वमा थारू संघ वडा समिति गठन गरिएको छ । समितिको उपसभापतिमा पुष्पा चौधरी, सचिवमा प्रविण चौधरी, कोषाध्यक्षमा उर्मिला चौधरी रहेका छन् । यसैगरी सदस्यमा निर्मला चौधरी, सीता चौधरी, कलशपति चौधरी, विष्णु चौधरी, रामप्रसाद चौधरी, इन्द्रबहादुर चौधरी, अर्जुन चौधरी, श्रीचरण चौधरी, बालकृष्ण चौधरी, मनिराम चौधरी र अम्मरराज चौधरी निर्विरोध चयन भएका छन् ।

नेपाली कांग्रेस लमही नगरपालिका वडा नं. ७ ले आइतवार बैठक तथा छलफलको आयोजना गरेर थारू संघ वडा समिति गठन गर्नुका साथै नगर र क्षेत्रका लागि प्रतिनिधि चयन गरेको छ । बैठकले थारू संघको क्षेत्रीय प्रतिनिधिको रूपमा महावीर चौधरी, कृष्णराज चौधरी, मन्साराम चौधरी, प्रमिला चौधरी र पानमोती चौधरीको नाम टुङ्गो लगाएको हो । यसैगरी लमही नगर समितिमा अम्मरबहादुर चौधरी, मोतीलाल चौधरी, अनुप चौधरी, विष्णु चौधरी र छोट्कनिया चौधरीलाई पठाउने निर्णय गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाली कांग्रेस लमही नगर वडा नं. ७ का वडा सभापति शालिकराम चौधरीको सभापतित्व तथा महासमिति सदस्य मोहन गिरीको प्रमुख आतिथ्यतामा बैठक भएको थियो । बैठकलाई सम्बोधन गर्दै गिरीले कांग्रेसलाई संगठित बनाउन सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरू गतिशील हुनु पर्ने बताए । कांग्रेसको जग भनेकै भ्रातृ संस्था भएकाले जगलाई बलियो बनाउँदै एकआपसमा सामिप्यता सहितको एकता आवश्यक रहेको बताए । गिरीले नव गठित समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै काँधमा काँध राखेर समग्र पार्टीलाई बलियो बनाउन लाग्न आग्रह गरे

Blog Post Ad Blog Post Ad Blog Post Ad