मातृ मृत्युको जोखिम लुम्बिनीमा सबैभन्दा धेरै

Blog Post Ad Blog Post Ad Blog Post Ad

रञ्जिता अधिकारी

दाङ, २५ भदौ । लुम्बिनी प्रदेशमा मातृ मृत्युदर सबैभन्दा धेरै देखिएको छ । लुम्बिनीमा प्रति लाखमा २ सय ७ सुत्केरीको मृत्यु भएको नेपालको जनगणना २०७८ ले देखाएको छ । देशभर प्रति लाखमा १ सय ५१ सुत्केरीको मृत्यु भएकोमा सबैभन्दा धेरै लुम्बिनीमा देखिएको हो । स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरिक्षक रीता न्यौपानेले प्रदेशभर र दाङको मातृ मृत्युदर एवम् गर्भपतनको अवस्था बारे जानकारी गराउँदै सात प्रदेशमध्ये लुम्बिनीको मातृ मृत्युदर धेरै देखिनु चुनौतीपूर्ण रहेको बताइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनका अनुसार लुम्बिनी प्रदेशमा ७६ हजार २ सय ४३ बच्चाको जीवित जन्म हुँदा २ हजार ६ सय १३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । दाङमा प्रति लाख १ सय ६५ जनाको मातृ मृत्यु दर रहेको पनि तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा मात्रै दाङमा ८ जना सुत्केरी आमाको मृत्यु भएको छ । जसमा तुलसीपुरमा ४ जना, घोराही, दंगीशरण, बबई र राप्तीमा १–१ जना गरी आठ जना आमाको मृत्यु भएको छ । यो हुनुमा असुरक्षित गर्भपतन पनि कारण रहेको पनि नर्सिङ निरिक्षक न्यौपानले बताइन् । अघिल्लो आर्थिक वर्षमा पनि तुलसीपुरमा ७ जनाको मृत्यु भएको थियो । मातृ मत्युदर घटाउने धेरै प्रयास भए पनि नसकिएको अवस्था छ उनले भनिन् “गर्भ रहँदा ८ पटक परीक्षण गर्ने, दिगो विकास लक्ष्यलाई पूरा गर्न स्वास्थ्य परीक्षण बढाउन ध्यान दिएमा यसले बच्चा र आमाको मृत्यु घटाउन सकिन्छ ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०५८ फागुनमा पारित गर्भपतन सम्बन्धी निर्णय अनुसार २०५९ सालयता सरकारले १२ हप्तासम्मको गर्भलाई सूचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गर्न पाउने गरी कानुनी मान्यता दिएको छ ।

जिल्लामा हाल ९ सय ३० जना स्वास्थ्य स्वयम्सेविका रहेका छन् । उनीहरुले समुदाय स्तरमा प्रजनन् स्वास्थ्य सचेतनासँगै सुरक्षित गर्भपतनका बारेमा जानकारी दिने र सेवाको पहुँचमा पुर्याउने काम गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

दाङ सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । नेपाल सरकारले २०५९ सालबाट सुरक्षित गर्भपतनको प्रावधान ल्याएसँगै सूचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुरक्षित गर्भपतनको ३ वर्षे अवस्था नियाल्दा बढ्दै गएको पाईएको छ । आर्थिक २०७८–०७९ देखि आर्थिक वर्ष २०८०–०८१ सम्म जिल्लामा ६ हजार ८ सय ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

यसैगरी, आर्थिक वर्ष २०७९–०८० मा जिल्लाभर २ हजार १ सय ४ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा २ हजार ५ सय ३३ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यस अन्तर्गत १ हजार ३ सय ३८ जनाले औषधीबाट र १ हजार १ सय ९५ जनाले सर्जिकलमार्फत गर्भपतन सेवा लिएका छन् । जिल्लामा उमेर नपुग्दै २० वर्ष मुनिका १ सय ८२ जनाले समेत गर्भपतन सेवा लिएको पाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामिछानेले डाक्टरको सिफारिस बिना जथाभावी औषधि बिक्री गर्ने काम रोक्नुपर्ने बताउछन् । ‘सामाजिक मुल्य मान्यता जस्ता कारण पनि लैंगिक विभेदले छोरा चाहिने नाममा महिलाले गर्भपतन गर्ने क्रम बढेको देखिएको छ’ उनले भने, समाजमा गरिबी, अशिक्षा, परम्परागत सोँचका कारण पनि असुरक्षित गर्भ पतनको प्रभाव बढ्दै गएको छ । जाँच बिना औषधि सेवन, जथाभावी गर्भपतन, मनलाग्दी औषधी सेवनलगायत कारणले पनि समस्या पैदा गरेकोे छ ।

स्वास्थ्य कार्यालय दाङका निमित्ति कार्यालय प्रमुख किशोर आचार्यले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गर्नुपर्नेमा धेरैले अरु विषयलाई प्राथमिकता दिँदा आफैमा समस्या थपिने गरेको बताए । जनस्वास्थ्यको विषयमा स्वास्थ्य कार्यालयबाट निरन्तर कार्यक्रम गर्दै सचेतना फैलाउने काम गर्दै आएको भन्दै बढ्दो जोखिम कम गर्न सुचिकृत स्वास्थ्य संस्थाबाट मात्रै आवश्यक सुरक्षित गर्भपतन गर्न जरुरी रहेको उनको भनाई थियो ।