गढवामा दुईदिने जैविक विविधता प्रवर्द्धनका नेतृत्व विकाश तालिम

Blog Post Ad Blog Post Ad Blog Post Ad

आलोक भावुक

दाङ, २५ भदौ । देउखुरीको गढवामा सोमबार देखि दुईदिने जैविक विविधता प्रवर्द्धनका नेतृत्व विकाश तालिम सुरु भएको छ। गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति गढवाका अध्यक्ष कृष्ण राज पाण्डेको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तालिमको उद्घाटन भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुई दिने जैविक विविधता प्रवर्द्धनका लागि लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण र नेतृत्व विकाश तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जैविक विविधता र जलबायु परिवर्तनले सिमान्तकृत समुदाय र महीलालाई बढी प्रभावित पारेको बताउनुभयो।जलबायु परिवर्तनले बिपन्न देश र बिपन्न देशका विपन्न नागरिकलाई बढी क्षति हुने बताउदै पालिका अध्यक्ष पोख्रेलले लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण र नेतृत्व विकाश तालिमले सहभागीहरुको क्षमता विकाशमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

तालिमको प्रशिक्षकमा सिएटिएन काठमाडौँका प्रमुख प्रशिक्षक हरि उपाध्याय र महिला मानव अधिकार सञ्जाल दाङकी अध्यक्ष अनिता पोख्रेल रहनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण र नेतृत्व विकाशमा : मलिला पूरुषको भुमिका, रणनीतिको आवश्यकता, खेल्नु पर्ने नेतृत्वदायु भुमिका र गर्नु पर्ने काम कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण दिईएको प्रमुख प्रशिक्षक हरि उपाध्यायले जानकारी दिनुभयो।

सहरी जैवविविधता पहलका उदाहरणहरूमा हरियो छाना र पर्खालहरू सिर्जना गर्ने, वन्यजन्तु क्रसिङहरू निर्माण गर्ने, र घटेको बासस्थानहरू पुनर्स्थापना समावेश छन्। सहरहरूले पनि जैव विविधतालाई सहरी योजना र डिजाइनमा समावेश गर्न सक्छन्, जस्तै प्रकृति आरक्षहरू र संरक्षित क्षेत्रहरू सिर्जना गरेर। थप रूपमा, दिगो यातायात प्रवर्द्धन र ऊर्जा प्रयोग घटाउन वन्यजन्तुहरूमा शहरहरूको प्रभाव कम गर्न मद्दत गर्न सक्छ। सहरी जैवविविधता प्रवर्द्धन गरेर, सहरहरू अझ दिगो, लचिलो र जीवन्त ठाउँहरू बन्न सक्छन् लगायतका विषयमा प्रशिक्षण दिईने बताईएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तालिममा गढवामा रहेका सामुदायिक वनका अध्यक्ष, अन्य पदाधिकारी, उपभोक्ता, खानेपानीका अध्यक्ष, वन महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। तालिम दुइ दिन सम्म चल्ने र मंगलवार समापन हुने बताईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad