चार दिनमै सुक्यो ‘रावायण’, हलमा दक्षिण भारतीय फिल्मको दबदबा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २४ भदौ । पूजा शर्मा निर्मित तथा सुदर्शन थापा निर्देशित महत्वाकांक्षी चलचित्र ‘रावायण’ फ्लपको बाटोमा देखिएको छ । करोडौं लगानीको चलचित्रमा तेस्रो दिनबाटै दर्शक आउन छाडेका छन् । गत शुक्रबार रिलिज हुनुअघि चलचित्रले राम्रै हाइप बनाएको थियो । निर्मात्री पूजा शर्माले मेकिङदेखि पब्लिसिटीसम्ममा खुलेर मिहिनेत गरेकी थिइन् । खर्चमा कुनै कञ्जुस्याईं गरिएको थिएन । चलचित्रको लगानी कति हो भन्ने सार्वजनिक गरिएको छैन । यद्यपि, साढे तीनदेखि चार करोडसम्म खर्च भएको हुनसक्ने आंकलन गर्न सकिन्छ ।

शुक्रबार र शनिबार नै चलचित्रले अपेक्षित दर्शक पाएन । केही हलहरुमा देखिएको दर्शकको सामान्य फ्लोलाई देखाएर दुई दिन हल्लाखल्ला गरिएको थियो । पूजा र पलले हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार मात्र गरेनन्, हलबाहिर गाडीको हुटबाट टाउको निकालेर नक्कली स्टारडमको प्रहसन समेत गरे । तर, तेस्रो दिनबाट भने उनीहरु हल जान छोडेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad
आइतबार चलचित्रको व्यापार दयनीय रहेको सिनेमा हलहरुको अकुपेन्सीबाट देखिन्छ । अधिकांश मल्टिप्लेक्सहरुमा बुकिङ न्यून थियो । आज दर्शकको उपस्थिति झन् निराशाजनक छ ।

पहिलो हप्ता नै यसरी सिथिल भएपछि ‘रावायण’ ले हलबाट लगानी उठाउन असम्भवप्राय देखिन्छ । इनिसियल कमजोर रहेको चलचित्रले कहिलेकाहीँ माउथ पब्लिसिटीको बलमा रिकभरि लिन सक्छन् । तर, यो चलचित्रको माउथ पब्लिसिटी पनि कमजोर छ ।

निर्माण पक्षले तीन दिनमा ग्रस कलेक्सन कति भयो भन्ने सार्वजनिक गर्न सकेको छैन । यस विषयमा चलचित्रका वितरक रोहित कट्टेलसँग जिज्ञासा राख्दा उनले बताउन चाहेनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘हिजोको कलेक्सन मकहाँ आइसकेको छैन । शुक्रबार र शनिबार दर्शकको फ्लो ठिकठिकै थियो । तर, अहिले कलेक्सन सार्वजनिक नगर्ने निर्माण टिममा सल्लाह भएको छ’, उनले भने ।

‘रावायण’ को विजनेस अभिनेता पल शाहका लागि पनि उत्तिकै महत्वपूर्ण थियो । यो उनी जेलबाट निस्केपछि एकल हिराेकाे रूपमा पहिलो फिल्म हो । तर,  पल शाहका हार्डकोर फ्यानहरु समेत चलचित्रबाट निराश बनेका छन् । काठमान्डौमा मात्रै होइन बाहिर जिल्लाहरुमा पनि रावायणको अक्युपेन्सी घटेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रिलिजअघि व्यापक चर्चा बटुलेको भए पनि चलचित्रको कन्टेन्टमै समस्या थियो । दक्षिण भारतीय चलचित्रको अन्धनक्कलले पूजा–सुदर्शनलाई डुबाएको सहज विश्लेषण गर्न सकिन्छ ।

नेपाली मौलिकता कतै पनि नभेटिने चलचित्रलाई बढीभन्दा बढी हिंस्रक बनाउन खोजिएको छ । कतिपय संवाद र दृष्यहरु भारतीय र दक्षिण भारतीय फिल्मबाटट सिधै कपी गरिएका छन् । गीतहरुमा समेत नेपालीपन छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुदर्शन थापा एक सक्षम निर्देशक हुन् । विगतमा थुप्रै चलचित्रबाट उनले आफूलाई प्रमाणित गरिसकेका छन् । तर, यो चलचित्रमा उनी विषयवस्तुको छनोटमै चिप्लिए । पछिल्लो समयमा दक्षिण भारतीय रुझानमा देखिएका केही नेपाली मेकर्सहरुका लागि यो एउटा चेतावनीको घन्टी पनि हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad