सहकारीमार्फत आयआर्जनमा जोडिदै दाङका महिला

Blog Post Ad Blog Post Ad Blog Post Ad

सुशीला वली

दाङ, १८ भदौ । दाङमा पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । सहकारी संस्थाले आयआर्जनका क्रियाकलाप सञ्चालनसँगै इच्छुक महिलाका लागि ऋण लगानी समेत गर्ने भएकाले पछिल्लो समय जिल्लामा महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन्  ।

देउखुरीको राप्ती गाउँपालिका–५ सिसहनियामा रहेको सिसहनिया साना किसान कृषि सहकारी संस्थामा आबद्ध भएकी राप्ती–८ पिपरीका बेला नेपाली सहकारीमा जोडिएको एक वर्ष भयो । कृषिसम्बन्धी बिउ, मल पाउँदा उनी खुसी छिन् । उनले व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएकी छिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनी सहकारीमार्फत् सहुलियतमा ऋण लगेर लगानी गरेको बताउँछिन् । यस वर्षमात्र घरमा खाएर बचेको चार–पाँच क्विन्टल आलु बिक्री गर्न सफल भएको बताइन् । सहकारीबाट राम्रो आम्दानी गरे उनले आफू जस्ता गाउँका अन्य दिदीबहिनीलाई समेत सहकारीमा जोड्न सफल भएका छिन् ।

संस्थामा आबद्ध भएपछि थोरै भएपनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको किसान नेपालीले बताइन् । ‘संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ’, उनले भनिन् । सहकारी संस्थामा मासिक पाँच सय बचत गर्दै आएको उनी बताउँछिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनी जस्तै सहकारीका अर्का सदस्य राप्ती गाउँपालिका–८ का श्यामकली चौधरी सहकारीमा आबद्ध भएपछि खुसी छिन् । आवश्यक परेको बेला मल, बिउ, कृषि औजारजस्ता सामग्री अनुदानमा पाइने भएकाले कृषि व्यवसाय गर्न सहज भएको उनी बताउँछिन् ।

अहिले १० कठ्ठामा आलुखेती, १७ कठ्ठामा मकैखेती गर्दै आएको बताउँछिन् । कृषि पेसाबाट राम्रो आम्दानी लिने गरेकी चौधरी भन्छिन्, ‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन, आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुई–चार रुपैयाँ आवश्यक परेको बेला अरूसँग हात थाप्नुभन्दा आफैँ कृषि व्यवसाय गरेर आम्दानी पनि राम्रो हुँदै गएको उनले बताइन् । उनले भनिन्,‘खाली समयमा घरमा बस्नुभन्दा कृषि पेसा आम्दानीको राम्रो स्रोत भएको छ  ।’

उनले कृषि पेसाबाटै मासिक १०–१५ हजार बचत गर्ने गरेको बताइन् । चौधरी आफूजस्तै अन्य दिदीबहिनीलाई पनि कुनै न कुनै पेसा–व्यवसायमा जोडिन आग्रह गर्छिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोही ठाउँका सुनिताकुमारी चौधरी पनि नौ महिनादेखि सहकारीमा आबद्ध छिन् । सिसहनिया साना किसान कृषि सहकारी संस्थाबाट समयमा मल पाउने हुँदा उनले १८ कठ्ठामा मकैखेती र १४ कठ्ठमा आलुखेती गरेकी छिन् भने मकै लगाउन मेसिन, मकैको बिउ पनि ५० प्रतिशत अनुदानमा प्राप्त गर्दै आएकी छिन् ।

सिसहनिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु गुरुङले विगत सात वर्षदेखि सञ्चालनमा रहेको सहकारीमा महिला मात्र आबद्ध हुँदै आएको बताइन् । हाल संस्थामा आठ सय ४० सदस्य छन्  ।

सहकारीका सदस्यले विभिन्न कृषिसम्बन्धी सहयोग प्राप्त गर्दै आएको उनले बताइन् । सहकारीले महिलामा आपसी सद्भाव, सहकार्य, सिकाइ आदानप्रदानका कुरामा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताइन् । सहकारीबाट सहुलियतमा ऋण लगेर विभिन्न पेसा, व्यवसायमा जोडिएर स्वावलम्बन बन्न सफल भएको उनी बताउँछिन् ।